स्टुवार्ट ब्रोडद्वारा सन्यास घोषणा

२०८० श्रावण १४, आईतवार १०:४८

इंग्ल्याण्ड फास्ट बलर स्टुवार्ट ब्रोडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्दै जारि एसेज टेस्ट सिरिजको पाँचौ टेस्ट आफ्नो खेल जीवनको अन्तिम खेल हुने घोषणा गरेका छन्।

१७ वर्षीय करियरको अन्त्य गर्ने क्रममा ब्रोडले आइतबार या सोमबार आफ्नो क्रिकेटको अन्तिम दिन हुने बताए-

“यो एउटा अद्भुत यात्रा रह्यो। नटिङ्घमशायर र इङ्गल्याण्ड ब्याज लगाउन पाउनु ठूलो सौभाग्य हो।”

“म सधै शिर्षमा रहँदै अन्त्य गर्न चाहन्थे र यो सिरिज सबैभन्दा रमाइलो मध्ये एक भएको जस्तो लाग्छ।”

शुक्रबार साँझ मात्र ब्रोड यस्तो निर्णयमा पुगेका थिए – “म केहि हफ्तादेखि विचाराधीन थिए। इंग्ल्यान्ड विरुद्ध अस्ट्रेलिया मेरो लागि शिखरको रुपमा रहेको छ।”


“मलाई व्यक्तिगत रुपमा अस्ट्रेलियासंगको प्रतिस्पर्धा मन पर्यो। मलाई एसेज सिरिजसंग प्रेम छ र मलाई लाग्छ कि म मेरो अन्तिम ब्याटिंग र बलिंग एसेजमै होस् भन्ने चाहन्छु।”

सन् २००७ मा श्रीलंका विरुद्ध टेस्ट डेब्यु गरेका ब्रोड विश्वकै उत्कृस्ट तीव्र गति बलर मध्ये एक हुन्। उनि सर्वाधिक टेस्ट विकेट लिने बलरको सुचीमा पाँचौ स्थानमा छन् जसमध्ये मात्र दुई जना तीव्र गति बलर मध्ये एक हुन्। ब्रोडको लामो समय देखिका बलिंग पार्टनर जिम्मी एण्डरसनसंगै उनले ६ सय बढी टेस्ट विकेट लिएका छन्।

ब्रोड टेस्ट क्रिकेटमा दुईवटा ह्याट्रिक विकेट लिने एक मात्र इंग्ल्यान्ड बलर हुन्। उनले अस्ट्रेलिया विरुद्ध २०१५ मा ट्रेन्ट ब्रिजमा लिएको १५ रन खर्चेर ८ विकेट करियरकै उत्कृस्ट प्रदर्शन हो।

३७ वर्षको उमेरमा पनि उत्तिकै प्रभावशाली ब्रोडले सन्यास घोषणा गर्दै सबैलाई आश्चर्यचकित पारेका हुन्। जारि एसेज सिरिजमा उनले २० विकेट लिईसकेका छन्।

स्टुवार्ट ब्रोडको अन्तर्राष्ट्रिय करियर 

टेस्ट : १६६ खेल ६०० विकेट , ३,६४७ रन

ओडीआई : १२१ खेल १७८ विकेट , ५२९ रन

टि२०आई : ५६ खेल ६५ विकेट , ११८ रन

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy