स्टुवार्ट ब्रोडद्वारा सन्यास घोषणा

इंग्ल्याण्ड फास्ट बलर स्टुवार्ट ब्रोडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्दै जारि एसेज टेस्ट सिरिजको पाँचौ टेस्ट आफ्नो खेल जीवनको अन्तिम खेल हुने घोषणा गरेका छन्।

१७ वर्षीय करियरको अन्त्य गर्ने क्रममा ब्रोडले आइतबार या सोमबार आफ्नो क्रिकेटको अन्तिम दिन हुने बताए-

“यो एउटा अद्भुत यात्रा रह्यो। नटिङ्घमशायर र इङ्गल्याण्ड ब्याज लगाउन पाउनु ठूलो सौभाग्य हो।”

“म सधै शिर्षमा रहँदै अन्त्य गर्न चाहन्थे र यो सिरिज सबैभन्दा रमाइलो मध्ये एक भएको जस्तो लाग्छ।”

शुक्रबार साँझ मात्र ब्रोड यस्तो निर्णयमा पुगेका थिए – “म केहि हफ्तादेखि विचाराधीन थिए। इंग्ल्यान्ड विरुद्ध अस्ट्रेलिया मेरो लागि शिखरको रुपमा रहेको छ।”


“मलाई व्यक्तिगत रुपमा अस्ट्रेलियासंगको प्रतिस्पर्धा मन पर्यो। मलाई एसेज सिरिजसंग प्रेम छ र मलाई लाग्छ कि म मेरो अन्तिम ब्याटिंग र बलिंग एसेजमै होस् भन्ने चाहन्छु।”

सन् २००७ मा श्रीलंका विरुद्ध टेस्ट डेब्यु गरेका ब्रोड विश्वकै उत्कृस्ट तीव्र गति बलर मध्ये एक हुन्। उनि सर्वाधिक टेस्ट विकेट लिने बलरको सुचीमा पाँचौ स्थानमा छन् जसमध्ये मात्र दुई जना तीव्र गति बलर मध्ये एक हुन्। ब्रोडको लामो समय देखिका बलिंग पार्टनर जिम्मी एण्डरसनसंगै उनले ६ सय बढी टेस्ट विकेट लिएका छन्।

ब्रोड टेस्ट क्रिकेटमा दुईवटा ह्याट्रिक विकेट लिने एक मात्र इंग्ल्यान्ड बलर हुन्। उनले अस्ट्रेलिया विरुद्ध २०१५ मा ट्रेन्ट ब्रिजमा लिएको १५ रन खर्चेर ८ विकेट करियरकै उत्कृस्ट प्रदर्शन हो।

३७ वर्षको उमेरमा पनि उत्तिकै प्रभावशाली ब्रोडले सन्यास घोषणा गर्दै सबैलाई आश्चर्यचकित पारेका हुन्। जारि एसेज सिरिजमा उनले २० विकेट लिईसकेका छन्।

स्टुवार्ट ब्रोडको अन्तर्राष्ट्रिय करियर 

टेस्ट : १६६ खेल ६०० विकेट , ३,६४७ रन

ओडीआई : १२१ खेल १७८ विकेट , ५२९ रन

टि२०आई : ५६ खेल ६५ विकेट , ११८ रन





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]