ENG vs IND : इंग्ल्यान्डलाई झट्का, ब्रोड सिरिजबाटै बाहिर

भारत बिरुद्ध टेस्ट सिरिजको बिहिबार सुरु हुने दोश्रो टेस्ट अघि इंग्ल्यान्ड टिमलाई ठूलो झट्का लागेको छ।

इंग्ल्यान्डका मुख्य पेसर स्टुवार्ट ब्रोड चोटका कारण पुरै सिरिजबाट बाहिर भएका छन्। ब्रोड दोश्रो टेस्टको लागि अभ्यासको क्रममा घाइते भएका थिए। उनको खुट्टाको जोर्नी मोडिएको छ। ब्रोडको आज लण्डनमा स्क्यान गरिएको थियो जसको रिपोर्ट आएपछि उनि सिरिजबाट बाहिर हुने निर्णय लिईएको थियो।


ब्रोडको स्थानमा इंग्ल्यान्डले २४ वर्षीय दायाँ हाते फास्ट बलर शकिब मोहम्मदलाई टिममा बोलाएको छ। मोहम्मदले हालसम्म टेस्ट डेब्यु गरेका छैनन् तर एकदिवसीय र टि-२० अन्तर्राष्ट्रियमा भने क्रमशः ७ र ९ खेल खेलीसकेका छन्। उनले एकदिवसीयमा ७ खेलमा १४ विकेट तथा टि-२० मा ९ खेलमा ७ विकेट लिएका छन्।

भारत बिरुद्ध दोश्रो टेस्टमा इंग्ल्यान्डका अर्का फास्ट बलर जेम्स एण्डरसन पनि बाहिर हुन सक्नेछन्। उनि पनि चोटिल छन्। यस्तै भारतका फास्ट बलर शार्दुल ठाकुर पनि घाइते हुँदा दोश्रो टेस्टबाट बाहिर भैसकेका छन्। शार्दुलको स्थानमा स्पिनर रभीचन्द्रन आश्विन अथवा इशान्त शर्माले मौका पाउने सम्भावना रहेको छ। शार्दुल तेश्रो खेलसम्म ठिक हुने बताईएको छ।

जारि सिरिज अन्तर्गत नटिंघममा सम्पन्न पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा टुंगिएको थियो। दोश्रो टेस्ट लर्ड्समा १२ अगस्टमा सुरु हुँदैछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy