EPL : अनिल र रायन चम्किंदा बिराटनगरको सान्त्वना जित

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौँ किंग्स -११ लाई ७ रनले पराजित गर्दै बिराटनगर वारियर्सले सान्त्वना जित दर्ता गरेको छ। लिगमा यस अघि ४ वटै खेलमा पराजित भएको वारियर्सले लिगको अन्त्य जितले गरेको हो।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा बिराटनगर वारियर्सले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ किंग्स-११ ले पुरै ८ ओभरमा ३ विकेट क्षेतीमा ९७ रन बनाउन सक्यो। वर्षाका कारण आउटफिल्ड भिजेकाले खेल ढिला सुरु भएकाले ८ ओभरमा झारिएको थियो।

लक्ष्य पछ्याउने क्रममा काठमाडौँको लागि ओपनर रहमनुल्लाह गुर्बजले सर्वाधिक २८ रन, सुबाश खकुरेलले अविजित २६ रन, राजु रिजालले अविजित २४ रन तथा रायन बर्लले १५ रन बनाए। बिराटनगरको बलिंगमा रायन पठानले २ विकेट ( २-०-२०-२ ) लिए भने प्रतिश जिसीले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बिराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट क्षेतीमा १०४ रन बनाएको थियो। बिराटनगरको लागि अनिल शाहले सर्वाधिक ४५ रन बनाए जुन क्रममा मात्र १६ बलमा २ चौका र ५ छक्का प्रहार गरे। यस्तै रायन पठानले ११ बलमा २ चौका र ३ छक्का मद्दतले ३० रन बनाए। करन केसीले १५ तथा सौरभ खनालले ५ रन बनाए।

काठमाडौंको बलिंगमा गुल्सन झा ( २-०-२६-१ ) , रायन बर्ल ( २-०-१७-१ ) र सन्दिप लामिछाने ( २-०-२५-१ ) ले समान १ विकेट लिए।

जितपछि काठमाडौँ किंग्स-११ अंक तालिकामा ३ खेलमा १ जित र २ हार पछि २ अंक सहित पाँचौ स्थानमा रहेको छ। बिराटनगरले ५ खेलमा १ जित र ४ हार बेहोर्दै २ अंक बटुल्दै लिगको अन्त्य गर्यो। गत सिजन पनि बिराटनगर प्लेअफ पुग्न चुकेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy