EPL : अनिल र रायन चम्किंदा बिराटनगरको सान्त्वना जित

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौँ किंग्स -११ लाई ७ रनले पराजित गर्दै बिराटनगर वारियर्सले सान्त्वना जित दर्ता गरेको छ। लिगमा यस अघि ४ वटै खेलमा पराजित भएको वारियर्सले लिगको अन्त्य जितले गरेको हो।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा बिराटनगर वारियर्सले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ किंग्स-११ ले पुरै ८ ओभरमा ३ विकेट क्षेतीमा ९७ रन बनाउन सक्यो। वर्षाका कारण आउटफिल्ड भिजेकाले खेल ढिला सुरु भएकाले ८ ओभरमा झारिएको थियो।

लक्ष्य पछ्याउने क्रममा काठमाडौँको लागि ओपनर रहमनुल्लाह गुर्बजले सर्वाधिक २८ रन, सुबाश खकुरेलले अविजित २६ रन, राजु रिजालले अविजित २४ रन तथा रायन बर्लले १५ रन बनाए। बिराटनगरको बलिंगमा रायन पठानले २ विकेट ( २-०-२०-२ ) लिए भने प्रतिश जिसीले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बिराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट क्षेतीमा १०४ रन बनाएको थियो। बिराटनगरको लागि अनिल शाहले सर्वाधिक ४५ रन बनाए जुन क्रममा मात्र १६ बलमा २ चौका र ५ छक्का प्रहार गरे। यस्तै रायन पठानले ११ बलमा २ चौका र ३ छक्का मद्दतले ३० रन बनाए। करन केसीले १५ तथा सौरभ खनालले ५ रन बनाए।

काठमाडौंको बलिंगमा गुल्सन झा ( २-०-२६-१ ) , रायन बर्ल ( २-०-१७-१ ) र सन्दिप लामिछाने ( २-०-२५-१ ) ले समान १ विकेट लिए।

जितपछि काठमाडौँ किंग्स-११ अंक तालिकामा ३ खेलमा १ जित र २ हार पछि २ अंक सहित पाँचौ स्थानमा रहेको छ। बिराटनगरले ५ खेलमा १ जित र ४ हार बेहोर्दै २ अंक बटुल्दै लिगको अन्त्य गर्यो। गत सिजन पनि बिराटनगर प्लेअफ पुग्न चुकेको थियो।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]