पिटर ट्रेगो र सौरभ खनालको बिष्फोटक ब्याटिंगमा धनगढीले जोड्यो १८२ रन : पिपिएल टि-२०

पोखरा प्रिमियर लिग अन्तर्गत तेस्रो दिनको पहिलो खेलमा सन्दिप लामिछानेको बिराटनगर टाईटन्सले दिपेन्द्र सिंह ऐरीको धनगढी ब्लुजको सामना गर्दैछ।

पहिलो इनिंगको समाप्तिमा धनगढीले पुरै २० ओभर ब्याटिंग गर्दै १० विकेट गुमाएर १८२ रनको योगफल तयार गरेको छ। धनगढीको इनिंगमा बिदेशी खेलाडी पिटर डेभिड ट्रेगोले सर्वाधिक ५३ रनको योगदान गरे।

मात्र ३८ रन जोड्न पहिलो तिन विकेट गुमाएको धनगढीको इनिंगलाई उकास्न ट्रेगोले कप्तान दिपेन्द्र सिंह ऐरीसंग ६० रनको साझेदारी गरे। दिपेन्द्र व्यक्तिगत २९ रनमा मुहम्मद जैद आलमको शिकार बने। त्यसक्रममा उनको ब्याटबाट १९ बलमा ४ चौका र १ छक्का निस्कियो।

दिपेन्द्रको विकेट पश्चात धनगढीका सुन्दिप जोरा, मन्जित श्रेष्ठ, रोबिन क्षेत्रि समेत पभेलियन फर्किंदा टोलि समस्यामा देखिएको थियो। अठारौँ ओभरको पहिलो बलमा पिटर ट्रेगो समेत व्यक्तिगत ५३ रनमा आउट भए। त्यसक्रममा उनले ३८ बलमा २ चौका र ४ छक्का प्रहार गरे।

Peter Trego
Peter Trego

ट्रेगोको विकेटपछि फिनिसिङको कमि देखिने अवस्थामा परेको धनगढीका लागि सौरभ खनालले बिष्फोटक ब्याटिंग गर्दै ४१ रन जोडे। मात्र १३ बलमा सौरभले २ चौका र ५ छक्का प्रहार गरे। सौरभको इनिंगले टोलीको स्कोरसमेत १८२ रनसम्म पुग्न सफल भयो।

बिराटनगर टाईटन्सको बलिंगतर्फ जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट हात पारे। महँगो साबित बनेका उनले ४ ओभरमा ४९ रन खर्चिए।

यस्तै किशोर महतो, सुनिल धमला, सन्दिप लामिछाने र मोहमम्द जैद आलमको नाममा समान १-१ विकेट रह्यो।

Saurabh Khanal
Saurabh Khanal
Jitendra Mukhiya
Jitendra Mukhiya




थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]