गर या मरको खेलमा बिराटनगरले दियो काठमाण्डौलाई १५० रनको लक्ष्य

  • विकेटनेपाल-१२ कार्तिक, सोमबार

पोखरामा जारि पोखरा प्रिमियर लिग को चौथो दिनको पहिलो खेलमा बिराटनगर टाईटन्स र काठमाण्डौ रोयल्स भिड्दै छन्। खेलमा पहिलो इनिंगको समाप्तिमा बिराटनगर टाईटन्सले ७ विकेट गुमाएर १४९ रन जोडेको छ।

बिराटनगर टाईटन्सका लागि बिदेशी खेलाडी मोहम्मद जैद आलमले सर्वाधिक ६७ रनको योगदान गरे। यस्तै राजेश पुलामीले तथा सुनिल धमलाले समान व्यक्तिगत ३०-३० रनको योगदान गरे।

व्यक्तिगत १ रनको स्कोरमा बसन्त रेग्मीको हातबाट क्याच छुटेपछि जिवन दान पाएका जैद आलमले त्यसपश्चात बिष्फोटक ब्याटिंग गर्दै ६७ रन बनाए।

४७ बल खेलेका आलमले ७ चौका र ४ छक्का प्रहार गरे। त्यसक्रममा उनले सुनिल धमलासंग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै टोलीलाई उत्कृस्ट सुरुवात दिलाए। धमला व्यक्तिगत ३० रनमा सुशन भारिको शिकार बने।

यस्तै राजेश पुलामीले २७ बलमा १ चौका र समान छक्का सहित ३० रन जोडे।

आलम, धमला र पुलामी बाहेक बिराटनगरका अन्य ब्याट्समेनहरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।

काठमाण्डौको बलिङ्गमा सुशन भारी, बसन्त रेग्मी र गौरभ तोमरले समान २-२ विकेट।

प्रतियोगितामा पहिलो दुई खेल हारेको बिराटनगर गर वा मरको अवस्थामा रहेको छ। बिराटनगर पहिलो खेलमा पोखरा तथा दोस्रो खेलमा धनगढीसंग पराजित भएको थियो। काठमाण्डौले भने एक खेल खेल्दा धनगढी बिरुद्ध जित दर्ता गरेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy