गर या मरको खेलमा बिराटनगरले दियो काठमाण्डौलाई १५० रनको लक्ष्य

  • विकेटनेपाल-१२ कार्तिक, सोमबार

पोखरामा जारि पोखरा प्रिमियर लिग को चौथो दिनको पहिलो खेलमा बिराटनगर टाईटन्स र काठमाण्डौ रोयल्स भिड्दै छन्। खेलमा पहिलो इनिंगको समाप्तिमा बिराटनगर टाईटन्सले ७ विकेट गुमाएर १४९ रन जोडेको छ।

बिराटनगर टाईटन्सका लागि बिदेशी खेलाडी मोहम्मद जैद आलमले सर्वाधिक ६७ रनको योगदान गरे। यस्तै राजेश पुलामीले तथा सुनिल धमलाले समान व्यक्तिगत ३०-३० रनको योगदान गरे।

व्यक्तिगत १ रनको स्कोरमा बसन्त रेग्मीको हातबाट क्याच छुटेपछि जिवन दान पाएका जैद आलमले त्यसपश्चात बिष्फोटक ब्याटिंग गर्दै ६७ रन बनाए।

४७ बल खेलेका आलमले ७ चौका र ४ छक्का प्रहार गरे। त्यसक्रममा उनले सुनिल धमलासंग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै टोलीलाई उत्कृस्ट सुरुवात दिलाए। धमला व्यक्तिगत ३० रनमा सुशन भारिको शिकार बने।

यस्तै राजेश पुलामीले २७ बलमा १ चौका र समान छक्का सहित ३० रन जोडे।

आलम, धमला र पुलामी बाहेक बिराटनगरका अन्य ब्याट्समेनहरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।

काठमाण्डौको बलिङ्गमा सुशन भारी, बसन्त रेग्मी र गौरभ तोमरले समान २-२ विकेट।

प्रतियोगितामा पहिलो दुई खेल हारेको बिराटनगर गर वा मरको अवस्थामा रहेको छ। बिराटनगर पहिलो खेलमा पोखरा तथा दोस्रो खेलमा धनगढीसंग पराजित भएको थियो। काठमाण्डौले भने एक खेल खेल्दा धनगढी बिरुद्ध जित दर्ता गरेको छ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]