बटलरको विस्फोटक ब्याटिंग : राजस्थानसंग मुम्बई पराजित

इन्डियन प्रिमियर लिग अन्तर्गत शनिवार सम्पन्न २७ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गर्दै लिगमा दोश्रो जित दर्ता गरेको छ।

जित पछि राजस्थानले ७ खेल खेल्दा पहिलो जित दर्ता गर्दै अंक तालिकामा सातौं स्थानमा रहेको छ। मुम्बई भने ७ खेलमा ४ जित र ३ हारको साथ तेश्रो स्थानमा कायम छ।

खेलमा टस हारेर वानखेडे स्टेडियममा ब्याटिंग गरेको मुम्बईले दिएको १८८ रनको लक्ष्य राजस्थानले ६ विकेट गुमाएर पुरा गर्यो।

बटलरको विस्फोटक इनिंग

लक्ष्य पछ्याउने क्रममा राजस्थानको लागि ओपनर जोस बटलरले सर्वाधिक ८९ रन बनाए जुन क्रममा ८ चौका र ७ छक्का प्रहार गरे।

बटलर र कप्तान अजिंके रहानेले पहिलो विकेटको रुपमा ६० रन बनाएका थिए। रहने ३७ रन ( २१ बलमा ६ चौका र १ छक्का ) बनाएर आउट भए पछि दोश्रो विकेटको रुपमा बटलर र संजु स्यामसनले ८७ रनको साझेदारी गरे। स्यामसनले ३१ रन बनाए जुन क्रममा २६ बलमा २ चौका र १ छक्का प्रहार गरे।

१४ औं ओभरमा बटलर आउट हुँदा राजस्थानले २ विकेट गुमाएर १४७ रन बनाईसकेको थियो। तर पनि राजस्थानका अन्य ब्याट्सम्यानहरुले खास योगदान दिन नसक्दा जितसम्म पुग्न १९.३ ओभर कुर्नु पर्यो।

स्टिभ स्मिथ १२, राहुल त्रिपाठी १, लियाम लिभिङ्गस्टोन १ रन बनाएर आउट हुँदा १८.१ ओभरमा १७४/६ पुगेको राजस्थानी इनिंगलाई श्रेइयस गोपालले अविजित १३ रन बनाउदै जितसम्म पुर्याए। गोपालले ७ बलमा २ चौका प्रहार गरे।

अन्तिम ओभरमा जितको लागि ६ रन आवस्यक हुँदा श्रेयस गोपालले हार्दिक पान्ड्याको पहिलो बलमा २ रन लिए भने दोश्रो बल डट खेल्दा तेश्रो बलमा चौका प्रहार गर्दै जित दिलाए।

मुम्बईको लागि कृनल पान्ड्याले सर्वाधिक ३ विकेट ( ४-०-३४-३ ) लिए भने जस्प्रित बुम्राह ( ४-०-२३-२ ) ले २ तथा राहुल चाहर ( ४-०-३४-१ ) ले १ विकेट लिए।

मुम्बईको ब्याटिंग , डीककको उत्कृस्ट इनिंग 

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो।

ओपनर क्विन्टन डीककले सर्वाधिक ८१ रन तथा कप्तान रोहित शर्माले ४७ रन बनाए। डीककले ५२ बलमा ६ चौका र ४ छक्का तथा रोहितले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। पहिलो विकेटको लागि दुवैले ९६ रनको साझेदारी गरेका थिए।

पहिलो विकेट गुमे पछि निरन्तर अन्तरालमा विकेट गुमाएको मुम्बईको लागि अन्तिममा हार्दिक पान्ड्याले आक्रामक ब्याटिंग गरेका थिए। उनले ११ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै अविजित २८ रन बनाए।

सुर्यकुमार यादबले १६, काइरन पोलार्डले ६ तथा इशान किशानले ५ रन बनाए।

राजस्थानको बलिङ्गमा जोफ्रा आर्चरले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३९ रन खर्चिए। धवल कुल्करनी र जयदेब उनदकतले १/१ विकेट लिए।

 





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]