सोमपालको ब्लासटर्स बिरुद्ध शरदको पल्टन पराजित : पिपिएल टि-२०

  • विकेटनेपाल, ११ कार्तिक २०७५ – आइतबार

सोमपाल कामी मार्की खेलाडी तथा कप्तान रहेको बुटवल ब्लासटर्सले पोखरा प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। तेस्रो दिनको दोस्रो खेलमा ब्लासटर्सले शरद भेसावकरको पोखरा पल्टनलाई ३३ रनले पराजित गर्यो। ब्लासटर्सलाई जिताउन टोलीका ४ बलरहरुले समान २-२ विकेट चट्काए।

पहिले ब्याटिंग गर्दै ब्लासटर्सले दिएको १५१ रनको लक्ष्य लिएर मैदान उत्रिएको पल्टन निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११७ रन मात्र जोड्न सक्यो।

पोखराका लागि आसिफ शेखले सर्वाधिक २० रन जोडेपनि त्यो जितका लागि पर्याप्त रहन सकेन। यस्तै शरद भेसवाकरले १९, मोहम्मद नबिद र रबि इन्दर सिंहले समान ११-११ रनको योगदान गरे।

बुटवलको जितमा किफायती बलिंग प्रदर्शन गर्दै स्थानीय खेलाडी बिपिन खत्रीले २ विकेट हात पारे। आफ्नो ४ ओभरको स्पेलमा खत्रीले मात्र १९ रन खर्चेका थिए। यस्तै सोमपाल कामी, ललित भण्डारी र रोहन मुस्तफाको नाममा समान २-२ विकेट रहँदा सागर पुनले समेत १ विकेट हात पारे।

Rohan Mustafa Bowling
Rohan Mustafa Bowling

यसअघि पहिलो इनिंग भिम शार्कीले उत्कृस्ट इनिंग खेल्दै ५४ रन प्रहार गरेपछि पोखरा पल्टन बिरुद्धको खेलमा बुटवल ब्लास्टर्सले १५० रन जोडेको थियो।

पोखरा रंगशालामा जारि पोखरा प्रिमियर लिगको तेस्रो दिनको दोस्रो खेलमा भिम शार्कीले उत्कृस्ट इनिंग खेल्दै ५४ रन प्रहार गरेपछि पहिले ब्याटिंग गर्दै बुटवल ब्लास्टर्सले पोखरा पल्टन बिरुद्ध ७ विकेट गुमाएर १५० रनको योगफल तयार गरेको थियो।

ओपनर सागर पुन (२) र चिराग सुरी (५) लाई छिट्टै गुमाएको बुटवलले २० रनमा २ विकेट गुमाएको थियो। त्यसपश्चात भिम शार्की र रोहन मुस्तफाले तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गर्दै बुटवललाई राम्रो स्कोरतर्फ अगी बढाए।

Bhim Sharki fifty
Bhim Sharki fifty

मुस्तफा व्यक्तिगत ४५ रन जोड्दै शरद भेसवाकरको बलमा एल बि डब्लु धरापमा परेका थिए। ३५ बलको सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए।

इनिंगको अन्त्यतर्फ सोमपाल कामीले २२ (८ बल, २ चौका, १ छक्का) र सिद्धान्त लोहनीले १३ रन (११ बल, १ छक्का) प्रहार गर्दै बुटवलको स्कोरलाई १५० रनसम्म पुर्याएका थिए।

पोखराको बलिंगमा मोहम्मद नबिदले सर्वाधिक ३ विकेट (४-०-२०-३) प्राप्त गरेका थिए। यस्तै मेहबुब आलम, ललित राजबंशी र शरद भेसवाकरले सामान १-१ विकेट चट्काएका थिए।

Rohan Mustafa Bowling
Rohan Mustafa Bowling
Sharad Vesawakar
Sharad Vesawakar
Mohammad Naveed
Mohammad Naveed
Rohan Mustafa
Bhim Sharki
Bhim Sharki
Rohan Mustafa mom
Rohan Mustafa mom




थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]