केभिन ओ ब्रायनले सानदार बलिंग गर्दा बिराटनगर १०० रनमा सिमित : इपिएल

Kevin O Brien

एभरेस्ट प्रिमियर लिग ( इपिएल टि-२० ) अन्तर्गत १५ औं तथा लिग चरणको अन्तिम खेलमा काठमाण्डौ किंग्स ११ र बिराटनगर वारियर्स भिड्दैछन्।

खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको बिराटनगर वारियर्सले १७.५ ओभर ब्याटिंग गर्दै १० विकेट गुमाएर १००रनको योगफल तयार गरेको छ।

टस हारेर ब्याटिंगमा उत्रिएको बिराटनगरका लागि सुमित महर्जनले २५, कप्तान पारस खड्काले २१ तथा हरि बहादुर चौहानले २२ रन जोड्न बाहेक अन्यको प्रदर्शन खास रहन सकेन। लगातार रुपमा विकेट गुमाएको बिराटनगरले साझेदारी बनाउन नसक्दा ठूलो स्कोर जोड्नबाट चुक्यो।

प्रतियोगितामा लागातार खराब ब्याटिंग गरिरहेको बिराटनगरका लागि सुमित महर्जनले २३ बलमा १ चौका र २ छक्का सहित २५ रन जोडे। यस्तै हरि चौहानले २३ बलमा ३ चौका सहित २२ रन बनाऊँदा कप्तान पारस खड्का १६ बलमा २ चौका र १ छक्का सहित २१ रनको स्कोरमा पभेलियन फर्किए।

अनुशासित बलिंग प्रदर्शन गरेको काठमाण्डौका लागि केभिन ओ ब्रायनले सर्वाधिक ३ विकेट चट्काए। यस्तै प्रदिप साहु, रोहन मुस्तफा र बिक्रम भुसालको नाममा समान २-२ विकेट रह्यो।

आफ्नो ३ ओभरको स्पेलमा १८ रन खर्चिएका केभिनले अनिल साह, हरि चौहान र पुष्प थापाको विकेट हात पारे।   यस्तै प्रदिप साहुले ४ ओभरमा १० रन खर्चिएर पारस खड्का र भेन डर मर्वेको विकेट चट्काए।

अंकतालिका अन्तर्गत तेस्रो स्थानमा रहेको काठमाण्डौको ६ अंक रहेको छ। यस्तै चौथो स्थानको बिराटनगरको भने ४ अंक रहेको छ। खेलको नतिजा सहित रन रेटले समेत अन्तिम ४ मा पुग्ने टोलीको निर्क्यौल गर्नेछ।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]