केभिन ओ ब्रायनले सानदार बलिंग गर्दा बिराटनगर १०० रनमा सिमित : इपिएल

२०७५ पुष २, सोमबार १४:३६

Kevin O Brien

एभरेस्ट प्रिमियर लिग ( इपिएल टि-२० ) अन्तर्गत १५ औं तथा लिग चरणको अन्तिम खेलमा काठमाण्डौ किंग्स ११ र बिराटनगर वारियर्स भिड्दैछन्।

खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको बिराटनगर वारियर्सले १७.५ ओभर ब्याटिंग गर्दै १० विकेट गुमाएर १००रनको योगफल तयार गरेको छ।

टस हारेर ब्याटिंगमा उत्रिएको बिराटनगरका लागि सुमित महर्जनले २५, कप्तान पारस खड्काले २१ तथा हरि बहादुर चौहानले २२ रन जोड्न बाहेक अन्यको प्रदर्शन खास रहन सकेन। लगातार रुपमा विकेट गुमाएको बिराटनगरले साझेदारी बनाउन नसक्दा ठूलो स्कोर जोड्नबाट चुक्यो।

प्रतियोगितामा लागातार खराब ब्याटिंग गरिरहेको बिराटनगरका लागि सुमित महर्जनले २३ बलमा १ चौका र २ छक्का सहित २५ रन जोडे। यस्तै हरि चौहानले २३ बलमा ३ चौका सहित २२ रन बनाऊँदा कप्तान पारस खड्का १६ बलमा २ चौका र १ छक्का सहित २१ रनको स्कोरमा पभेलियन फर्किए।

अनुशासित बलिंग प्रदर्शन गरेको काठमाण्डौका लागि केभिन ओ ब्रायनले सर्वाधिक ३ विकेट चट्काए। यस्तै प्रदिप साहु, रोहन मुस्तफा र बिक्रम भुसालको नाममा समान २-२ विकेट रह्यो।

आफ्नो ३ ओभरको स्पेलमा १८ रन खर्चिएका केभिनले अनिल साह, हरि चौहान र पुष्प थापाको विकेट हात पारे।   यस्तै प्रदिप साहुले ४ ओभरमा १० रन खर्चिएर पारस खड्का र भेन डर मर्वेको विकेट चट्काए।

अंकतालिका अन्तर्गत तेस्रो स्थानमा रहेको काठमाण्डौको ६ अंक रहेको छ। यस्तै चौथो स्थानको बिराटनगरको भने ४ अंक रहेको छ। खेलको नतिजा सहित रन रेटले समेत अन्तिम ४ मा पुग्ने टोलीको निर्क्यौल गर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy