EPL : बिराटनगर प्लेअफ रेसबाट बाहिर, पोखराको शानदार जित ( अंकतालिका सहित )

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत शनिवार सम्पन्न दोश्रो खेलमा पोखरा राइनोजले बिराटनगर वारियर्सलाई ७ विकेटले पराजित गरेको छ। लगातार चौंथो खेलमा हार पछि बिराटनगरको लिग प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ।  दिनको भैरहवा ग्ल्याडीएटर्स र काठमाडौँ किंग्स-११ बीचको खेल टस समेत हुन नपाई स्थगित भएको थियो।

टियु अन्तर्राष्ट्रिय मैदानमा बिराटनगर वारियर्सले दिएको १७३ रनको लक्ष्य पोखराले १४ बल बाँकी रहँदै पुरा गर्यो।

पोखराको ब्याटिंगमा लिगमा डेब्यु गरेका असेला गुनरत्नेले सर्वाधिक ५० रन बनाए जुन क्रममा २४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै रिचर्ड लेभीले २६ बलमा ४ चौका र ३ छक्का मद्दतले ४७ रन बनाए भने सहान अरचिगेले ३६ बलमा ४ चौका र १ छक्का मद्दतले ४३ रन बनाए। बिनोद भण्डारीले अविजित १५ रन बनाए।

पोखरा ओपनर रित गौतम दोश्रो ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि रिचर्ड लेभी र सहान अरचिगेले ७६ रनको साझेदारी गरे। दशौँ ओभरमा लेभी लै सिकन्दर रजाले क्याच आउट गरे। त्यसपछि १३ औं ओभरमा अरचिगेलाई हरि बहादुर चौहानले क्याच आउट गर्दै बिराटनगरलाई खेलमा फर्काए। त्यसपछि बिनोद भण्डारी र गुनरत्नेले विकेट नगुमाई चौंथो विकेटको लागि ६४ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। बिराटनगर वारियर्सको बलिंगमा प्रतिष जिसी, सिकन्दर राजा र हरि बहादुर चौहानले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बिराटनगर वारियर्सले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १७२ रन बनाएको थियो।

बिराटनगरको ब्याटिंगमा ओपनर आसिफ शेखले सर्वाधिक ४४ रन बनाए जुन क्रममा उनले ३३ बलमा ६ चौका प्रहार गरे। यस्तै सिकन्दर रजाले २० बलमा १ चौका र ३ छक्का मद्दतले २९ रन, सन्दिप रजालीले २२ बलमा २ चौका र १ छक्का मद्दतले २८ रन तथा कप्तान करन केसीले मात्र ९ बलमा ३ छक्का मद्दतले २४ रन बनाए। दिलशान मुनविराले १६ तथा अनिल शाहले १२ रन बनाए।

ओपनर चन्द्रपौल हेमराज पहिलो ओभरमा २ रन बनाएर बिक्रम सोबबाट बोल्ड भएपछि आसिफ शेखले मुनविरासंग ४५ रनको तथा अनिल शाहसंग २८ रनको साझेदारी गरे। एघारौँ ओभरमा आसिफलाई बिबेक यादवले क्याच आउट गराए जसपछि लगत्तै ओभरमा अनिल शाहलाई अरचिगेले कट एण्ड बोल्ड गरे। त्यसपछि सिकन्दर रजा र पहिलो पटक मौका पाएका सन्दिप रजालीले पाँचौ विकेटको लागि ५६ रनको साझेदारी गरे। रजालाई नन्दन यादवले १८ औं ओभरमा क्याच आउट गराए। त्यसपछि करन केसीले अन्तिममा आक्रामक ब्याटिंग गरे।

पोखराको बलिंगमा बिक्रम सोबले २ ( ४-०-३३-२ ) तथा नन्दन यादव , बिबेक यादव र सहान अरचिगेले समान १ विकेट लिए।

जितपछि लिग अंकतालिकामा पोखरा राइनोज ४ खेलमा २ जित, १ हार र १ नतिजाविहिन खेलपछि ५ अंक सहित दोश्रो स्थानमा उक्लेको छ। चितवन तिन वटै खेलमा जित पछि ६ अंक सहित पहिलो स्थानमा छ भने बिराटनगर ४ वटै हारको साथ पुछारमा रहेको छ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]