किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत गरेको छ ।

क्याम युथ एसोसिएसन अस्ट्रेलियाको आयोजनामा सिड्नीमा भएको डे नाइट ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा क्याम बेस्ट–११ ले सुखद सुरुआत गरेको हो । १ सय ३७ रनको लक्ष्य पछ्याएको जेनएक्स १८.१ ओभरमा १ सय ३३ रनमा नै समेटिएपछि क्याम बेस्टले रोमाञ्चक जित निकाल्यो ।

जेनएक्सका रोनीले ११ बलमा ३१ रन जोडे पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । नानीले १६ रन र अरुणले ११ रन बनाए । जेनएक्सलाई सस्तैमा रोक्न क्याम बेस्ट–११ का अमनले चार ओभरमा दुई विकेट लिँदै ११ रन मात्र खर्चिए । अनुपले दुई विकेटनै निकाल्दै अलराउन्ड प्रदर्शन गरे । दिवेशले पनि दुई विकेट नै लिए ।

त्यसअघि ब्याटिङ गरेको क्याम बेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रनको मध्यम योगफल बनाए पनि जितका लागि पर्याप्त बन्यो । अनुपले २७ रन, साहिलले २१ रन र उमेशले ११ रन बनाए । सतीशले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा चार विकेट लिए । उनले १७ रन मात्र खर्चिए ।

भूपीन्दर र एरमानको नाममा समान दुई विकेट रह्यो । प्रमुख अतिथि रजिस्टर्ड माइग्रेसन एजेन्ट रमेशराज शर्माले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

दोस्रो सिजनको प्रतियोगितामा कुल १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । उक्त प्रतियोगिताको खेलहरू ब्रेसिङ्टन पार्क, साउथ एभर्ली पार्क र नर्थ एभर्ली पार्कमा हुनेछन् ।

क्याम युथ एसोसिएसनले अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायमाझ पहिलोपटक क्लब डे नाइट क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । ‘हामी सँगै गर्न सक्छौं’ नाराका साथ जारी प्रतियोगिता जुनको मध्यसम्म चल्नेछ । खेलहरू प्रत्येक सप्ताहान्तमा हुनेछन् । नेपाली समुदायलाई क्रिकेटमार्फत चिनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका निर्देशक मुस्कान पाण्डेले बताए । विजेताले ६ हजार र उपविजेताले दुई हजार अस्ट्रेलिया डलर पुरस्कार पाउने निर्देशक पाण्डेले जानकारी दिए ।

प्लेयर अफ दी सिरिजले पाँच सय डलर तथा अन्य विधाका उत्कृष्ट खेलाडीले पनि आकर्षक पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितालाई किङ्सटन इन्स्टिच्युट अस्ट्रेलियाले मुख्य प्रायोजन गरेको छ । गत सिजन प्रतियोगिताको उपाधि बुद्ध भूमि क्रिकेट क्लबले जितेको थियो ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]