CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित निकालेको छ ।

क्याम युथ एसोसिएसन अस्ट्रेलियाको आयोजनामा सिड्नीमा जारी लिगमा डिफेन्डिङ च्याम्पियन बुद्ध भूमि क्रिकेट क्लबले क्याम युथ क्रिकेट क्लबमाथि ६ रनको रोमाञ्चक जित निकाल्यो । ११८ रनको सामान्य लक्ष्य पछ्याएको क्याम युथले निर्धारित २० ओभर नै खेलेपनि ९ विकेटको क्षतिमा १११ रन मात्र जोडेपछि साँघुरो हार बेहोर्यो । क्याम युथका विजय डीले ६६ रनको अर्धसतकीय इनिङ खेले । विजयले अलराउन्ड प्रदर्शन गरेपनि आफ्नो टोलीको हार टार्न सकेनन् । रोशनले १४ रन र सुजिथले १३ बनाए ।

बुद्ध भूमिको सामान्य लक्ष्य रक्षा गर्न युवराजले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । चार ओभर बलिङ गरेका युवराजले १६ रन मात्र खर्चिए । उनी म्यान अफ दी म्याचसमेत घोषित भए । उमेश र विजयको नाममा १÷१ विकेट रह्यो । त्यसअघि पहिले ब्याटिङ गरेको बुद्ध भूमि १५.३ ओभरमा ११७ रनमै अलआउट भए पनि बलिङमा साथ पाएपछि जित निकाल्यो । बुद्ध भूमिका लागि विजयी २५ रन, नरेन्द्रले २२ रन र नितेशले १६ रन जोडे । विजय डीले चार विकेट लिँदा मुस्कानले तीन तथा नवीनले दुई विकेट लिए ।

अर्को खेलमा रविन साहले उत्कृष्ट बलिङ प्रेरणामा चितवन राइनोज क्रिकेट क्लबले पनि जित निकाल्यो । चितवनले वेस्ट युनाइटेड क्रिकेट क्लबलाई तीन विकेटले हराएको हो । रविन साहले किफायती बलिङ गर्दै तीन विकेट लिएपछि वेस्ट युनाइटेड १६.१ ओभरमा १०२ रनमै समेटियो । चार ओभर बलिङ गरेका रविनले १५ रन मात्र खर्चिए । विशालले तीन तथा गौरवले दुई विकेट निकाले । चितवनका बलरले विकेटसँगै किफायती बलिङ गरेपछि वेस्ट युनाइटेड सस्तैमा रोकिएको हो ।

वेस्ट युनाइटेडका विवेकले ३० रन जोड्दा विशालले २४ रन र बिलाल ११ रन बनाए । त्यसपछि ब्याटिङ गरेको चितवन राइनोजले १८.५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । चितवनका प्रशान्तले २४ रन, विनोदले १८ रन र रेशमले १५ रन बटुल्दै आफ्नो टोलीलाई जित दिलाए । वेस्ट युनाइटेडका विवेकले अलराउन्ड प्रदर्शन गर्दै तीन विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन् । चार ओभर बलिङ गरेका विवेकले १८ रन मात्र खर्चिए । रविन र निशेषको नाममा समान एक विकेट रह्यो ।

दोस्रो सिजनको प्रतियोगितामा कुल १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

उक्त प्रतियोगिताको खेलहरू ब्रेसिङ्टन पार्क, साउथ एभर्ली पार्क र नर्थ एभर्ली पार्कमा हुनेछन् । क्याम युथ एसोसिएसनले अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायमाझ पहिलोपटक क्लब डे नाइट क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । ‘हामी सँगै गर्न सक्छौं’ नाराका साथ जारी प्रतियोगिता जुनको मध्यसम्म चल्नेछ । खेलहरू प्रत्येक सप्ताहान्तमा हुनेछन् । नेपाली समुदायलाई क्रिकेटमार्फत चिनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका निर्देशक मुस्कान पाण्डेले बताए ।

विजेताले ६ हजार र उपविजेताले दुई हजार अस्ट्रेलिया डलर पुरस्कार पाउने निर्देशक पाण्डेले जानकारी दिए । प्लेयर अफ दी सिरिजले पाँच सय डलर तथा अन्य विधाका उत्कृष्ट खेलाडीले पनि आकर्षक पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितालाई किङ्सटन इन्स्टिच्युट अस्ट्रेलियाले मुख्य प्रायोजन गरेको छ ।





थप समाचार

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]