मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा तीन विकेटको जित निकालेको छ ।

सिड्नीको बे्रसिङ्टन पार्कमा मुकेशको यादगार बलिङ प्रेरणामा कंगारुले बाउन्ड्रीलाइन क्रिकेट क्लबमाथि तीन विकेटको रोमाञ्चक जित निकालेको हो । १८ ओभरमा निर्धारित खेलमा १०३ रनको मध्यम लक्ष्य पछ्याएको कंगारुले एक ओभर बाँकी छँदा नै सात विकेटको क्षतिमा पूरा गर्यो । कंगारुका लागि सुशीलले ३३ रन र अनिष बाबुले २२ रनको योगदान दिँदै आफ्नो टोलीलाई जित दिलाए । बाउन्ड्रीलाइनका बलरले पनि किफायती बलिङ गरे पनि मध्यम लक्ष्य रक्षा गर्न सकेनन् ।

बाउन्ड्रीलाइनका विवेकले चार ओभरमा १४ मात्र खर्चिंदै चार विकेट लिए । ज्ञानु र उत्सवको नाममा १÷१ विकेट रह्यो । त्यसअघि ब्याटिङ गरेको बाउन्ड्रिलाइनले ९ विकेट गुमाउँदै १०२ रनको मध्यम योगफलमा खुम्चियो । उसका लागि २९ बलमा ३९ रन जोड्दा २० रनको योगदान दिए । कंगारुको बलिङमा मुकेशले पाँच विकेट लिँदा शिवजंगले दुई तथा शिशिरले एक विकेट निकाल्दै बाउन्ड्रिलाइनलाई सस्तैमा रोके । सोही दिन बे्रसिङ्टन पार्कमा सम्पन्न दोस्रो खेलमा पनि बाउन्ड्रिलाइनले सिम्रिक ब्वाइज क्रिकेट क्लबसँग तीन विकेटले नै हार वेहोर्यो।

२० ओभरमा निर्धारित खेलमा १२३ रनको लक्ष्य पाएको सिम्रिकले १५.५ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्यो। किरण बाश्यको अर्धसतकीय योगदानमा सिम्रिकले सहज जित निकाल्यो । अलराउन्ड प्रदर्शन गरेका किरणले ३७ बलमा ५३ रन जोडे । त्यसअघि किरणकै तीन विकेट प्रेरणामा सिम्रिकले बाउन्ड्रिलाइनलाई १७ ओभरमा १२२ रनमै अलआउट गर्यो । रितेश र दीपेन्द्रले थप २/२ विकेट लिएपछि बाउन्ड्रिलाइनले ठूलो योगफल बनाउन सकेन । बाउन्ड्रिलाइनका लागि विवेकले २९ रन र विज्ञानले १७ रनको योगदान दिए ।

यता, कंगारुले पनि बे्रसिङ्टन पार्कमा भएको आफ्नो दोस्रो खेलमा हाम्रो युथ क्रिकेट क्लबसँग आठ विकेटको फराकिलो हार सामना गर्यो । पहिले ब्याटिङ गरेको कंगारु १४.१ ओभरमा मात्र ५४ रनमै समेटियो । कंगारुका लागि शिशिरको ११ रन र शैलेषको १० रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो । हाम्रो युथको कसिलो बलिङसामू कंगारु टिक्नै सकेनन् । साहिल थापाले चार विकेट लिँदा रिजनले तीन र पवनले एक विकेट निकाले । चार ओभरमा १३ रन मात्र खर्चिएका साहिल म्यान अफ दी म्याच घोषित भए । सामान्य लक्ष्य पछ्याएको हाम्रो युथले आक्रामक ब्याटिङ गर्दै ४.४ ओभरमा मात्र दुई विकेट गुमाउँदै ५५ रन जोडेपछि फराकिलो जित निकाल्यो । उसका लागि राजनले २६ रन र साहिलले १३ रन जोडे ।

त्यस्तै द रोयल खुकुरी क्रिकेट क्लबका प्रज्वल ढकालले जारी प्रतियोगितामा नै पहिलो ह्याट्रिक लिए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन् । इभर्ली पार्कमा भएको खेलमा खुकुरीले एई ग्लोबल क्रिकेट क्लबसँग १७ रनको हार बेहोर्यो । १५० रनको लक्ष्य पछ्याएको द रोयल खुकुरी १९औं ओभरमा १३२ रनमै समेटियो । द रोयल खुकुरीका लागि पियुसले ४२ रन जोडे । प्रज्वल २४ रनको योगदान गर्दै अलराउन्ड प्रदर्शन गरे पनि उनको टोली खुकुरी पराजित भयो ।

एई ग्लोबलका भुवन खत्रीले दुई विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे । अनुरागले दुई तथा निकेशको नाममा समान एक विकेट रह्यो । त्यसअघि ब्याटिङ गरेको एई ग्लोबलले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन जोड्यो । उसका लागि विवेकले ४० रन, भुवनले ३२ रन र महेन्द्रले २१ रनको योगदान दिए । द खुकुरीका लागि प्रज्वलले ह्याट्रिक गर्दा पियुसले तीन विकेट तथा माधवले दुई विकेट निकाले । त्यसअघि ब्रेसिङ्टन पार्कमा भएको दिनको पहिलो खेलमा लुम्बिनी क्रिकेट क्लबले तराई टाइगर स्पोटर््स क्लबलाई तीन विकेटले हरायो ।

७७ रनको सामान्य लक्ष्य लुम्बिनीले १९औं ओभरमा सात विकेटको क्षतिमा पूरा गर्यो । लुम्बिनीका लागि विशालले २१ रन र सरोजले १६ रनको योगदान दिए । तराईका अरुसले एक ओभरमा दुई विकेट लिँदा ३ रन मात्र खर्चिए । पेम्बाको दुई र अमनको नाममा एक विकेट रह्यो । त्यसअघि ब्याटिङ गरेको तराइ टाइगर १६.३ ओभरमा ७६ रनमै समेटियो । उसका लागि अमनले २३ रन र शिशिरले १६ रनको योगदान दिए । लुम्बिनीका अनिलमान र सुजनले समान तीन विकेट लिए ।





थप समाचार

गुजरातमाथि दिल्लीको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । घरेलु […]

दिल्लीले गुजरातलाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई जितका लागि २ सय २५ […]

आइपीएल : दिल्ली र गुजरात भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ । दिल्लीको घरेलु मैदान […]

स्टोईनेसको शतकमा चेन्नईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा मार्कस स्टोईनेसको शतक सहयोगमा चेन्नई सुपर किंग्समाथि लखनाउ […]

गायकवाडको शतकमा लखनाउलाई २११ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको शतकको सहयोगमा चेन्नई सुपर किंग्सले […]

गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप : बागमती र मधेशको जित

काठमाडौं । राजधानीमा संचालन भैरहेको पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत मंगलवारको भएको खेलमा मधेश प्रदेश र बागमती […]