क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा पाँच विकेटको जित निकालेको छ ।

सिड्नीको बे्रसिङ्टन पार्कमा ब्याटिङ र बलिङ दुवैमा जफर चम्किँएपछि अमदब्लाम क्रिकेट क्लबले बुद्धभूमि क्रिकेट क्लबमाथि सहज जित निकालेको हो । ११० रनको लक्ष्य अमदब्लामले १३.३ ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । अमदब्लामको जितमा जफरले २१ बलमा ४३ रन जोडे । बलिङतर्पm पनि उनको नाममा एक विकेट रह्यो । भुपेन्द्र थापाले २४ रन र दीप रानामगरले १३ रनको योगदान दिए । बुद्धभूमिको बलिङमा विजय कँडेल, विवेक र सागरले एक विकेट लिए पनि आफ्नो टोलीको हार टार्न असफल भए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बुद्ध भूमि १८.५ ओभरमा १०९ रनमै समेटियो । बुद्ध भूमिका विजयले ३७ रन र नितेशले ३५ रन जोडे । अमदब्लामका रविन रेग्मीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा ९ रन मात्र खर्चिएर चार विकेट लिए । त्यस्तै सागर थापा र भुपेन्द्र थापाको नाममा समान दुई विकेट रह्यो । अन्य खेलमा एक्स्ट्राटेक क्रिकेट क्लब, क्याम युथ र वेस्ट युनाइटेड क्रिकेट क्लबले पनि सफलता प्राप्त गरे । एक्स्ट्राटेकले चितवन राइनोज क्रिकेट क्लबमाथि ५३ रनको जित निकाल्यो ।

१५० रनको लक्ष्य पछ्याएको चितवन १६.२ ओभरमा ९६ रनमा नै रोकिएपछि एक्स्ट्राटेकले सहज जित प्राप्त गरेको हो । अनिल पाठकले सर्वाधिक ३८ रन जोडे पनि चितवनको जितका लागि पर्याप्त भएन । रेशम भण्डारीले १४ रनको योगदान दिए । एक्ट्राटेकका सन्जय खत्रीले चार ओभरमा चार विकेट लिँदै चितवनको इनिङ धरासयी बनाए । आदित्य महता र अनिल साहुले समान दुई विकेट लिँदै किफायती बलिङ गरे । अलराउन्ड प्रदर्शन गरेका आदित्य म्यान अफ दी म्याचसमेत घोषित भए ।

त्यसअघि ब्याटिङ गरेको एक्स्ट्राटेक १९.५ ओभरमा १४९ रनमा अलआउट भयो । उसका लावि शूवर्ण विष्टले सर्वाधिक ४५ रन जोड्दा आदित्यले ३२ रन र अनिलले २४ रनको योगदान दिए । चितवका लागि रविन, प्रज्ञान र गौरवले समान दुई विकेट लिए । क्याम युथले द नेक्स्ट राइजिङ क्रिकेट क्लबमाथि पाँच रनको रोमाञ्चक जित निकाल्यो । १४६ रनको लक्ष्य पछ्याएको राइजिङले निर्धारित ओभर खेले पनि पाँच विकेटको क्षतिमा १४० रन मात्र जोड्न सफल भयो ।

राइजिङका देवाशिषले ३६ रन, युवराज जैशीले ३४ रन र पुरुषोत्तम उप्रेतीले २४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । क्याम युथको बलिङमा सुदर्शन थापाले दुई तथा मुस्कान पाण्डे र विशाल चौधरीले समान १÷१ विकेट निकाले । त्यसअघि ब्याटिङ गरेको क्याम युथले २० ओभरमा पाँच विकेट गुमाउँदै १४५ रन जोड्यो । विजयी डिजीले ४८ रन जोड्दा सुयोगले २८ रनको योगदान दिए । त्यस्तै वेस्ट युनाइटेड क्रिकेट क्लबले जिएनआर क्रिकेट क्लबमाथि पाँच विकेटको जित निकाल्यो । १२० रनको लक्ष्य पाएको वेस्ट युनाइटेडले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो ।

वेस्ट युनाइटेडको जितमा कृतन ताम्राकारले सर्वाधिक ३२ रन जोडे । जिएनआरका सुमनले सर्वाधिक चार विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन् । त्यसअघि ब्याटिङ गरेको जिएनआरले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन जोड्यो । उसका लागि सुनिल बानियाँले सर्वाधिक ३८ रन र विष्णुकुमार कटवालले २१ रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]