बन्द प्रशिक्षणको लागि क्यानद्वारा २२ सदस्यीय टिमको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु गर्न नेपाल क्रिकेट संघ ( क्यान ) ले २२ सदस्यीय टिमको घोषणा गरेको छ।

क्यानले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई मध्यनजरमा राखेर मङ्सिर १० गते देखि बन्द प्रशिक्षण शिविर संचालन गर्न लागेको बताएको छ। हालसम्म नेपालले खेल्ने आगामी खेलको तालिका भने सार्वजनिक भएको छैन।

बन्द प्रशिक्षण अघि क्यानले घोषित २२ खेलाडी तथा प्रशिक्षक जगत टमाटाको मंसिर ८ गते पीसीआर परिक्षण गरिने बताएको छ। त्यसको लागि क्यानले खेलाडीहरुलाई संघमा सम्पर्क गर्न सुचित गरेको जानकारी गरएको छ। रिपोर्ट नेगेटिभ आएमा मात्र बन्दसत्रमा सहभागी हुन पाइने क्यानले बताएको छ।

बन्द प्रशिक्षणको लागि घोषित २२ सदस्यीय टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र सिंह ऐरी ( उपकप्तान ) , पारस खड्का, सन्दिप लामिछाने, शरद भेसावकर, करण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारि, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुबास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सन्दिप जोरा, किशोर महतो, भुवन कार्की , प्रशिक्षक – जगत बहादुर टमाटा

क्यानले यस अघि भदौमा राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने बताएता पनि कोभिड-१९ का नेपालको २०२० मा आईसीसीको सबै खेल रद्द भएका कारण स्थगित भएको थियो। आईसीसीले आगामी सिरिजको खेलतालिका सार्वजनिक गरेको छैन।

नेपाली राष्ट्रिय टिमले अन्तिम पटक मार्चमा थाइल्याण्डमा एसीसी टि-२० ( इस्टर्न रिजन ) प्रतियोगिता खेलेको थियो।

यो पनि पढ्नुस :

https://wicketnepal.com/sandeep-to-play-big-bash-for-hobart/

https://wicketnepal.com/nepal-odi-manyata-2023-samma/

https://wicketnepal.com/can-npl-aayojna-wn20-ghoshana/

https://wicketnepal.com/nepal-head-coach-mangsir-doshro-sata-wn20/

https://wicketnepal.com/icc-nepal-pic-post-syangja-wn20/





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]