बन्द प्रशिक्षणको लागि क्यानद्वारा २२ सदस्यीय टिमको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु गर्न नेपाल क्रिकेट संघ ( क्यान ) ले २२ सदस्यीय टिमको घोषणा गरेको छ।

क्यानले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई मध्यनजरमा राखेर मङ्सिर १० गते देखि बन्द प्रशिक्षण शिविर संचालन गर्न लागेको बताएको छ। हालसम्म नेपालले खेल्ने आगामी खेलको तालिका भने सार्वजनिक भएको छैन।

बन्द प्रशिक्षण अघि क्यानले घोषित २२ खेलाडी तथा प्रशिक्षक जगत टमाटाको मंसिर ८ गते पीसीआर परिक्षण गरिने बताएको छ। त्यसको लागि क्यानले खेलाडीहरुलाई संघमा सम्पर्क गर्न सुचित गरेको जानकारी गरएको छ। रिपोर्ट नेगेटिभ आएमा मात्र बन्दसत्रमा सहभागी हुन पाइने क्यानले बताएको छ।

बन्द प्रशिक्षणको लागि घोषित २२ सदस्यीय टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र सिंह ऐरी ( उपकप्तान ) , पारस खड्का, सन्दिप लामिछाने, शरद भेसावकर, करण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारि, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुबास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सन्दिप जोरा, किशोर महतो, भुवन कार्की , प्रशिक्षक – जगत बहादुर टमाटा

क्यानले यस अघि भदौमा राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने बताएता पनि कोभिड-१९ का नेपालको २०२० मा आईसीसीको सबै खेल रद्द भएका कारण स्थगित भएको थियो। आईसीसीले आगामी सिरिजको खेलतालिका सार्वजनिक गरेको छैन।

नेपाली राष्ट्रिय टिमले अन्तिम पटक मार्चमा थाइल्याण्डमा एसीसी टि-२० ( इस्टर्न रिजन ) प्रतियोगिता खेलेको थियो।

यो पनि पढ्नुस :

https://wicketnepal.com/sandeep-to-play-big-bash-for-hobart/

https://wicketnepal.com/nepal-odi-manyata-2023-samma/

https://wicketnepal.com/can-npl-aayojna-wn20-ghoshana/

https://wicketnepal.com/nepal-head-coach-mangsir-doshro-sata-wn20/

https://wicketnepal.com/icc-nepal-pic-post-syangja-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy