क्यानको ४ समितिले पायो पूर्णता

नेपाल क्रिकेट संघ ( क्यान ) ले सोमबार पुर्वगठित बिभिन्न ४ समितिलाई विस्तार गरेको छ। सामाजिक संजाल मार्फत क्यानले प्रतियोगिता, प्राविधिक, आर्थिक र संचार कमिटिलाई विस्तार गरेको बताएको हो।

यस अघि नै क्यानले प्रतियोगिता कमिटिको संयोजक प्रशान्त विक्रम मल्ल, प्राविधिक कमिटि संयोजक संजय राज सिंह, आर्थिक कमिटिको संयोजक रोशन कुमार सिंह तथा संचार समितिको कमिटिमा अशोक नाथ प्याकुरेललाई तोकिसकेको थियो। निलम्बन फुकुवा भएपछि गत वर्ष कार्तिकमा ४ वटा समिति गठन गरेर संयोजक तोकिएको थियो।

विस्तार गरिएका कमिटि र सदस्यहरु :- 

प्रतियोगिता कमिटि ( Tournament Committee ) : प्रशान्त बिक्रम मल्ल ( संयोजक ) , दाउद अन्सारी, ऋषि राम गौतम , बिक्रम बिस्ट , कैलाश बिस्ट

प्राविधिक कमिटि ( Technical Committee ) : संजय राज सिंह ( संयोजक ) , बिरेन्द्र बहादुर चन्द, अमित बिर पाण्डे, अरुण कुमार अर्याल, संजय गुरुङ

प्रशान्त बिक्रम मल्ल, अशोक नाथ प्याकुरेल, संजय राज सिंह, रोशन कुमार सिंह

आर्थिक कमिटि ( Financial Committee ) : रोशन कुमार सिंह ( संयोजक ) , माधव कर्माचार्य, दुर्गा राज पाठक

संचार कमिटि ( Media Committee ) : अशोक नाथ प्याकुरेल ( संयोजक ) , भानु भक्त सिग्देल

कोभिड-१९ महामारीका कारण नेपाल क्रिकेट संघले आयोजना गर्ने भनेको प्रतियोगिता, प्रशिक्षक तथा अन्य नियुक्ति जस्ता कामहरु रोकिएका छन्।

धेरैले पढेको :- विदेशी लिगमा सन्दिपको ९ उत्कृस्ट बलिङ्ग स्पेल





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]