क्यानको ४ समितिले पायो पूर्णता

नेपाल क्रिकेट संघ ( क्यान ) ले सोमबार पुर्वगठित बिभिन्न ४ समितिलाई विस्तार गरेको छ। सामाजिक संजाल मार्फत क्यानले प्रतियोगिता, प्राविधिक, आर्थिक र संचार कमिटिलाई विस्तार गरेको बताएको हो।

यस अघि नै क्यानले प्रतियोगिता कमिटिको संयोजक प्रशान्त विक्रम मल्ल, प्राविधिक कमिटि संयोजक संजय राज सिंह, आर्थिक कमिटिको संयोजक रोशन कुमार सिंह तथा संचार समितिको कमिटिमा अशोक नाथ प्याकुरेललाई तोकिसकेको थियो। निलम्बन फुकुवा भएपछि गत वर्ष कार्तिकमा ४ वटा समिति गठन गरेर संयोजक तोकिएको थियो।

विस्तार गरिएका कमिटि र सदस्यहरु :- 

प्रतियोगिता कमिटि ( Tournament Committee ) : प्रशान्त बिक्रम मल्ल ( संयोजक ) , दाउद अन्सारी, ऋषि राम गौतम , बिक्रम बिस्ट , कैलाश बिस्ट

प्राविधिक कमिटि ( Technical Committee ) : संजय राज सिंह ( संयोजक ) , बिरेन्द्र बहादुर चन्द, अमित बिर पाण्डे, अरुण कुमार अर्याल, संजय गुरुङ

प्रशान्त बिक्रम मल्ल, अशोक नाथ प्याकुरेल, संजय राज सिंह, रोशन कुमार सिंह

आर्थिक कमिटि ( Financial Committee ) : रोशन कुमार सिंह ( संयोजक ) , माधव कर्माचार्य, दुर्गा राज पाठक

संचार कमिटि ( Media Committee ) : अशोक नाथ प्याकुरेल ( संयोजक ) , भानु भक्त सिग्देल

कोभिड-१९ महामारीका कारण नेपाल क्रिकेट संघले आयोजना गर्ने भनेको प्रतियोगिता, प्रशिक्षक तथा अन्य नियुक्ति जस्ता कामहरु रोकिएका छन्।

धेरैले पढेको :- विदेशी लिगमा सन्दिपको ९ उत्कृस्ट बलिङ्ग स्पेल

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy