पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

२०८२ बैशाख १२, शुक्रबार १९:०२

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी दिएको हो।

सीता रानामगरबाट क्यानले २०७९ जेठमा उपकप्ताको जिम्मेवारी खोसेको थियो। त्यसयता टोली उपकप्तानविहीन थियो। तर, क्यानले आइसिसी महिला विश्वकप एसिया छनोटका लागि पूजालाई उपकप्तानी दिएको हो।

कप्तानी जिम्मेवारीमा भने इन्दु बर्मा नै छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy