नेपाल क्रिकेट संघ क्यानले २३ खेलाडी सहित कुल ५० जनाको कोरोना भाइरस (कोभिड १९) को बीमा गरेको छ । तर यसअघि योजना बनाए अनुसार महिला खेलाडीको बीमा भने हुन सकेन । महिला खेलाडीको बीमा दोस्रो चरणमा गर्ने योजना रहेको क्यानले बनाएको छ ।
क्यानले नयाँ वर्गीकरणमा रहेका २२ जना सहित थप एक जनाको कोरोना बीमा गरेको छ। बीमा गरिएका खेलाडीहरुको सुची क्यानले दिएको छैन।
यस्तै क्यानले २३ जना ग्राउण्ड स्टाफको पनि बीमा गरेको छ । जसमा कीर्तिपुर मैदानमा रहेका १६ जना र सात जना मुलपानी मैदानका कामदार रहेका छन । यस्तै पाँच जना क्यानका कर्मचारीको पनि कोरोना बीमा गरिएको छ ।
तर क्यानले यो चरणमा महिला खेलाडीको भने कोरोना बीमा गर्न सकेन । किनकी महिला खेलाडीको सबै बिबरण हात पार्न नसकेको र खेलाडीलाई सम्पर्क गर्दा कतिसँग सम्पर्क नभएको बताइएको छ । यसअघि क्यानले १८ महिला खेलाडीको पनि कोरोना बीमा गर्ने तयारी गरेको थियो । तर अब महिला खेलाडीको कोरोना बीमा दोस्रो चरणमा गर्ने भएको छ ।
कोभिड-१९ का कारण आईसीसीले नेपालले खेल्ने विश्व कप लिग-२ को खेलहरु यो वर्ष नगर्ने बताए पछि राष्ट्रिय टिमले अभ्यास सुरु गरेको छैन। यस अघि भदौ १ गते बाट अभ्यास सुरु गर्ने बताए पनि आईसीसीको सूचना पछि स्थगित भएको थियो। अब राष्ट्रिय टिमले कहिले अभ्यास सुरु गर्नेछ क्यानले बताएको छैन। नेपाली राष्ट्रिय टिमले अन्तिम पटक मार्चमा थाइल्याण्डमा एसीसी टि-२० ( इस्टर्न रिजन ) प्रतियोगिता खेलेको थियो।
यो पनि पढ्नुस :-
https://wicketnepal.com/19-mahina-dekhi-talab-wn20/
https://wicketnepal.com/nep-wc-l-2-wn20-practice-postponed-wn20/
https://wicketnepal.com/cpl-sandeep-wn20-3rd-match-prev/
https://wicketnepal.com/eng-vs-pak-2nd-day-3rd-wn20/
https://wicketnepal.com/abinash-bohara-best-4-spell-wn20/
https://wicketnepal.com/pak-team-for-eng-t20i-wn20/
https://wicketnepal.com/p-2-player-corona-bima-wn20/
https://wicketnepal.com/white-sanyas-wn20/