काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) एसियाली क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड जितेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रदान गर्ने आइसीसी डेभलपमेन्ट अवार्डको सूची बुधबार सार्वजनिक गरेको हो।
नेपालसँगै यस विधामा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र इएपी रिजनबाट इन्डोनेसिया विजयी भएका छन्।
नेपालले यो अवार्ड लगातार दोस्रो वर्ष जितेको हो।
