नेपाल क्रिकेट संघको बोर्ड बैठक मंगलबार चितवनमा सम्पन्न भएको छ। भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न बैठकले बिभिन्न ९ निर्णय गरेको प्रेस बिज्ञप्ति जारि गर्द जानकारी गराएको छ।
बैठकले संघको वार्षिक साधारणसभा, राष्ट्रिय क्रिकेटरहरुको वर्गीकरण, प्रधानमन्त्री कप, मैत्रीपूर्ण अन्तर्राष्ट्रिय सिरिज, राष्ट्रिय टिमको अभ्यास लगायत विषयमा निर्णय गरेको छ।
क्यानले वार्षिक साधारणसभा असोज २८ गते गर्ने निर्णय गरेको छ। यस्तै संघको २०७१/७२ देखि ७५/७६ सम्मको अडिट रिपोर्ट पनि पास गरेको छ। यस्तै कर्णाली प्रदेशको संयोजकको रुपमा पदम खड्कालाई नियुक्त गरेको छ।
https://www.facebook.com/CricketAssociationOfNepalOfficial.CAN/posts/1676235695872713
पहिलो पटक महिला राष्ट्रिय क्रिकेटरलाई सेन्ट्रल कन्ट्रयाक्ट
पहिलो पटक क्यानले महिला राष्ट्रिय क्रिकेटरलाई वर्गीकरण गर्दै मासिक तलव घोषणा गरेको छ। १९ महिला तथा १८ पुरुष क्रिकेटरहरुलाई वर्ष २०२० को लागि सेन्ट्रल कन्ट्रयाक्ट गर्ने निर्णय गरेको छ। कन्ट्रयाक्ट अनुसार पुरुष क्रिकेटरको ‘ए’ ‘बि’ र ‘सी’ ग्रेडमा रहेका खेलाडीले क्रमशः ५०, ४० र ३० हजार मासिक तथा महिला क्रिकेटरहरुले क्रमश १२ , १२ र १० हजार मासिक प्राप्त गर्नेछन्। विस्तृतमा खेलाडीहरुको सुचित हेर्नुस
१८ पुरुष क्रिकेटरहरुको वर्गीकरण र मासिक तलव : ‘ए’ ग्रेड ( ५० हजार मासिक ) : ज्ञानेन्द्र मल्ल, पारस खड्का, बसन्त रेग्मी, शरद भेसावकर, बिनोद भण्डारी, करन केसी, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी ‘बि’ ग्रेड ( ४० हजार मासिक ) : सोमपाल कामि, सुशन भारि, आरिफ शेख, पवन सर्राफ ‘सी’ ग्रेड ( ३० हजार मासिक ) : सुबास खकुरेल, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, राशिद खान र कमल सिंह ऐरी
१९ महिला राष्ट्रिय क्रिकेटरको वर्गीकरण र मासिक तलव : ‘ए’ ग्रेड : ( मासिक १५ हजार ) रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर, करुणा भण्डारी , ‘बि’ ग्रेड : ( मासिक १२ हजार ) ज्योती पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ, सरिता मगर ‘सी’ ग्रेड : ( मासिक १० हजार ) कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द, सोभा आले
अन्तर्राष्ट्रिय सिरिज र प्रधानमन्त्री कप
क्यानले नेपालमा अन्तर्राष्ट्रिय टिम सम्मिलित मैत्रीपूर्ण सिरिज आयोजना गर्न समेत तयारी थाल्ने बताएको छ। सिरिज डिसेम्बरमा गर्ने योजना संघले बनाएको छ। सिरिज कोसंग आयोजना गर्ने र फर्म्याटबारे खुलाइएको छैन।

यस्तै क्यानले कोरोना महामारीका कारण आयोजना हुन नसकेको प्रधानमन्त्री कप ( पीएम कप ) एकदिवसीय पुरुष र महिला राष्ट्रिय प्रतियोगिता मङ्सिरमा गर्ने निर्णय गरेको छ। त्यसको लागि संघले राष्ट्रिय खेलकुद परिषदसंग समन्वय गर्ने बताएको छ। अन्तिम पटक प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता अघि १५ महिना अघि २०१९ जुनमा आयोजना भएको थियो।
यस्तै कोरोनाकै कारण सुरु हुन नसकेको पुरुष राष्ट्रिय क्रिकेटरहरुको अभ्यास छिट्टै सुचारु गर्न तयारी सुरु गर्ने पनि क्यानले निर्णय गरेको छ। भदौमा तयारी सुरु गर्ने भनिएता पनि आईसीसीले यो वर्ष नेपालको विश्वकप लिग-२ को खेल नहुने घोषणा गरेपछि अभ्यास स्थगित गरिएको थियो। संघले टियु मैदानमा आवासीय सुविधाको व्यवस्था गर्दै प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो।
महिला तथा पुरुष राष्ट्रिय खेलाडीहरुको दुर्घटना बिमा गर्न संघले १ हफ्ता भित्र प्रतिवेदन बुझाउने गरि रोशन कुमार सिंहको संयोजकत्वमा ३ सदस्यीय कमिटीको गठन गरेको छ।
मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललित भण्डारीको उपचारको लागि संघले ट्रक व्यवसायी, नेपाल पुलिस क्लब तथा भण्डारीको परिवारसंग समन्वय गरि उपचारको सहयोगको समेत प्रतिवद्धता व्यक्त गरेको छ। भण्डारीको हाल काठमाडौँ स्थित ग्राण्डी हस्पिटलमा उपचार भइरहेको छ।
क्यानद्वारा पुरुष र महिला खेलाडीको नयाँ वर्गीकरण, बसन्त ‘ए’ मा उक्लिदा सोमपाल ‘बि’ श्रेणीमा झरे
IPL : डु प्लेसी र धोनीको आक्रमक इनिंगका बाबजुद चेन्नाई पराजित
गौतम बुद्ध रंगशालामा क्यान पदाधिकारीहरु, क्यानको बोर्ड बैठक चितवनमा सुरु
देभदत्त पडीक्कल : नजिकबाट चिन्नुस आईपीएल २०२० मा आरसीबिका नयाँ ओपनरलाई