क्यानको साधारणसभाले गर्‍यो यस्ता ९ निर्णय

नेपाल क्रिकेट सङ्घ (क्यान)को सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न वार्षिक साधारणसभाले विभिन्न ९ निर्णय गरेको छ ।

सोमबार सकिएको क्यानको साधारण सभाले गण्डकी प्रदेशका थप दुई जिल्ला सङ्घहरू बागलुङ र पर्वतलाई मान्यता प्रदान गरेको हो ।

क्यानको निर्वाचन गर्नका लागि जिल्ला निर्वाचन सम्पन्न गर्न पनि समिति गठन गरेको छ ।

क्यानले संजयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीले नेपाल क्रिकेट सङ्घको विधान विपरीत सङ्घका विरुद्धमा पत्रकार सम्मेलन गर्ने, विभिन्न निकायहरूमा गई सङ्घलाई नै बदनाम र निलम्बन गराउने कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने पनि बताएको छ।

क्यानको प्रेस विज्ञप्ति 

नेपाल क्रिकेट संघको सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न वार्षिक साधारणसभाले तपशिल बमोजिमका निर्णयहरु गरेको छ ।

१) आर्थिक वर्ष २०७८/०७९ को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरियो ।

२) सन् २०२३ को वार्षिक कार्यक्रम र बजेट संशोधनसहित पारित गर्ने निर्णय गरियो ।

३) नेपाल क्रिकेट संघको आर्थिक नियमावलीमा प्रस्तावित संशोधनका बुँदाहरु सर्वसम्मतिले पारित गरियो ।

४) गण्डकी प्रदेशका थप दुई जिल्ला बाग्लुङ र पर्वतलाई मान्यता प्रदान गर्ने नेपाल क्रिकेट संघको पोखरा बैठकको निर्णयलाई सर्वसम्मतिले अनुमोदन गरियो ।

५) नेपाल क्रिकेट संघको विधान संशोधनका लागि श्री पदमबहादुर खड्काको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गर्ने निर्णय गरियो ।

६) विधान संशोधनका लागि २०७९ चैत मसान्तभित्र भर्चुअल साधारणसभा गर्ने निर्णय गरियो ।

७) नेपाल टी-२० लिग आयोजना सम्वन्धमा नेपाल क्रिकेट संघ र भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्स प्रा.लि.का बीच आठ संस्करणको सम्झौता भई लिगको पहिलो संस्करण मिति २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न भइसकेको तर, लिगका कर्मसीयल र रणनीतिक साझेदार सेभेन – थ्री स्पोट्र्स प्रा.लि.ले मिति २०७९ पुस ७ गते नेपाल क्रिकेट संघसँग भएको दोस्रो संशोधित सम्झौता बमोजिम कार्य नगरेको साथै स्पट फिक्सिङमासमेत निज कम्पनीका सञ्चालक जतिन आलुवालीया र सिइओ अभिषेक शकलानी संलग्न भएको भनी मिति २०७९ फागुन ५ मा सम्मानित काठमाडौं जिल्ला अदालतमा समेत अभियोगपत्र दर्ता भएको हुँदा उक्त सेभेन थ्री स्पोट्र्स प्रालिसँग भएको आठ वर्षीय (संस्करण) संझौता रद्द गर्ने निर्णय सर्वसम्मतिले पारित गरियो । साथै निजले नेपाल क्रिकेट संघलगायतलाई भुक्तानी गर्न बाँकी रहेको वक्र्यौता रकम असुल उपर गर्नका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो ।

८) नेपाल क्रिकेट संघका निर्वाचित केन्द्रीय सदस्यहरु श्री संजयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीले नेपाल क्रिकेट संघको विधान विपरित संघका विरुद्धमा पत्रकार सम्मेलन गर्ने, विभिन्न निकायहरुमा गई संघलाई नै बदनाम र निलम्वन गराउने उद्देश्यले गरिराखेको विभिन्न क्रियाकलापहरुप्रति यो साधारणसभा खेद प्रकट गर्दछ । कार्यसमिति सदस्यहरुले विधानमा तोकिए बमोजिम काम, कर्तव्य र अधिकार विपरित कार्यसमिति बैठकमा उपस्थित नहुने साथै नेपाल क्रिकेट संघको सर्वोच्च निकाय केन्द्रीय साधारणसभामा समेत उपस्थित नभएर गम्भीर त्रुटी गरेको यो साधारणसभा ठहर गर्दछ ।

तसर्थ निजहरुलाई अविलम्व स्पष्टीकरण सोधी चित्त बुझ्दो जवाफ नआएमा निलम्वन समेतको कारवाही गर्न यो साधारणसभा केन्द्रीय कार्यसमितिलाई निर्देशन गर्दछ । साथै बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष श्री राजुबस्न्यातले मिति २०७९ फागुन १४ गते नेपाल क्रिकेट संघको कार्यसमितिलाई निलम्वन गरिपाउँ भनी राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएको प्रमाण यस संघलाई प्राप्त भएकोले सो सम्वन्धमा निजलाई समेत स्पष्टीकरण सोध्नुपर्ने र काठमाडौं जिल्ला क्रिकेट संघले केन्द्रीय कार्यसमितिको निर्देशनको उलंघन गर्दै केन्द्रीय साधारणसभामा प्रतिनिधिनै नपठाएकाले काठमाडौं जिल्ला क्रिकेट संघलाई समेत स्पष्टिकरण सोध्न यो साधारणसभा निर्देशन गर्दछ ।

९) मिति २०७९ माघ १७ गते नेपाल क्रिकेट संघको पोखरामा सम्पन्न बैठकले २०८० जेठ समान्तभित्र विशेष साधारणसभाको आयोजना गरी निर्वाचन सम्पन्न गर्ने निर्णय गरेकोमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र राष्ट्रिय खेलकुद नियमावली, २०७९ बमोजिमका साथै आइसीसीसँग समन्वय गरी नेपाल क्रिकेट संघको विधान संशोधन गर्न अति आवश्यक देखिएकाले २०८० साल साउन मसान्तभित्र जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी दिने निर्णय सर्वसम्मतिले पारित गरियो ।

१०) धन्यवाद ज्ञापन सम्वन्धमा ः

क) काठमाडौंमा सम्पन्न CWC लिग – २ मा नेपाली राष्ट्रिय क्रिकेट टीमले उत्कृष्ट खेल प्रदर्शन गरेवापत राष्ट्रिय खेलकुद परिषद्को पहलमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले खेलाडीहरुको हौसला बढ सम्मान र पुरस्कारको घोषणा गर्नु भएकोमा यो साधारणसभा सम्माननीय प्रधानमन्त्रीज्यू र पहल गर्ने राष्ट्रिय खेलकुद परिषद्लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

ख) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सर्खेतमा नेपाल क्रिकेट संघको साधारणसभा सम्पन्न गर्न संयोजकको भूमिका निर्वाह गर्नुपर्ने केन्द्रीय सदस्य पदमबहादुर खड्का, सुर्खेत जिल्ला क्रिकेट संघका पदाधिकारी तथा सदस्यहरुलाई यो साधारणसभा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

ग) सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघको निमन्त्रणालाई स्वीकार गरेर प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएकोमा कर्णाली प्रदेशका मुख्यमन्त्री श्री राजकुमार शर्मासहित कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिज्यूहरु, पत्रकारज्यूहरुलाई यो साधारणसभा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]