प्रधानमन्त्री कप पछि क्यानले घरेलु भूमिमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने

नेपाल क्रिकेट संघले घरेलु भूमिमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने भएको छ।

विकेटनेपाललाई क्यान श्रोतबाट प्राप्त जानकारी अनुसार कार्तिक १३ गते सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता पछि नेपालले अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। कार्तिक २६ गते प्रधानमन्त्री कप समाप्त हुनेछ जसको केहि दिनमा उक्त सिरिज सुरु हुनेछ।

श्रोतका अनुसार सिरिज हाल टि-ट्वान्टी विश्वकपमा सहभागी मध्येको एउटा एसोसीएट टिमसंग हुनेछ।

टेस्ट राष्ट्र बाहेक हाल अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकप खेल्ने टिमले नेपालसंग खेल्ने पक्का भएको हो। विश्वकपमा सहभागी एसोसिएट राष्ट्र नामिबिया, युएई, नेदरल्याण्ड र स्कटल्याण्ड मध्येको एक टिमसंग उक्त सिरिज हुनेछ। बिपक्षी टिम र सिरिजको फर्म्याट लगायत अन्य पक्ष बारे अधिकारिक घोषणा आज/भोलिमा हुने क्यान श्रोतले विकेट नेपाललाई जानकारी गराएको छ।

अन्तिम पटक नेपालले घरेलु भूमिमा  यो वर्ष ‘मे’ मा जिम्बाब्वेको ‘ए’ टिमसंग खेलेको थियो। त्यस अघि नेपालले मार्च/अप्रिलमा पपुवा न्यु गिनी र मलेसियासंग घरेलु सिरिज आयोजना गरेको थियो। नेपाली राष्ट्रिय टिमले गत अगस्टमा अन्तिम पटक केन्यासंग द्विपक्षीय सिरिज खेलेको थियो।

नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आगामी सिरिज डिसेम्बर पहिलो साता नामिबिया भ्रमण अन्तर्गत नामिबिया र स्कटल्याण्डसंग खेल्ने तालिका छ। उक्त सिरिज १ देखि ८ डिसेम्बरसम्म आयोजना हुनेछ। उक्त सिरिज समाप्त भएपछि पहिलो संस्करणक नेपाल टि-ट्वान्टी लिग डिसेम्बर १२ देखि सुरु हुने तालिका छ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]