प्रधानमन्त्री कप पछि क्यानले घरेलु भूमिमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने

२०७९ कार्तिक १२, शनिबार १३:४०

नेपाल क्रिकेट संघले घरेलु भूमिमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने भएको छ।

विकेटनेपाललाई क्यान श्रोतबाट प्राप्त जानकारी अनुसार कार्तिक १३ गते सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता पछि नेपालले अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। कार्तिक २६ गते प्रधानमन्त्री कप समाप्त हुनेछ जसको केहि दिनमा उक्त सिरिज सुरु हुनेछ।

श्रोतका अनुसार सिरिज हाल टि-ट्वान्टी विश्वकपमा सहभागी मध्येको एउटा एसोसीएट टिमसंग हुनेछ।

टेस्ट राष्ट्र बाहेक हाल अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकप खेल्ने टिमले नेपालसंग खेल्ने पक्का भएको हो। विश्वकपमा सहभागी एसोसिएट राष्ट्र नामिबिया, युएई, नेदरल्याण्ड र स्कटल्याण्ड मध्येको एक टिमसंग उक्त सिरिज हुनेछ। बिपक्षी टिम र सिरिजको फर्म्याट लगायत अन्य पक्ष बारे अधिकारिक घोषणा आज/भोलिमा हुने क्यान श्रोतले विकेट नेपाललाई जानकारी गराएको छ।

अन्तिम पटक नेपालले घरेलु भूमिमा  यो वर्ष ‘मे’ मा जिम्बाब्वेको ‘ए’ टिमसंग खेलेको थियो। त्यस अघि नेपालले मार्च/अप्रिलमा पपुवा न्यु गिनी र मलेसियासंग घरेलु सिरिज आयोजना गरेको थियो। नेपाली राष्ट्रिय टिमले गत अगस्टमा अन्तिम पटक केन्यासंग द्विपक्षीय सिरिज खेलेको थियो।

नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आगामी सिरिज डिसेम्बर पहिलो साता नामिबिया भ्रमण अन्तर्गत नामिबिया र स्कटल्याण्डसंग खेल्ने तालिका छ। उक्त सिरिज १ देखि ८ डिसेम्बरसम्म आयोजना हुनेछ। उक्त सिरिज समाप्त भएपछि पहिलो संस्करणक नेपाल टि-ट्वान्टी लिग डिसेम्बर १२ देखि सुरु हुने तालिका छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy