क्यान बैठक : यो वर्षको केन्द्रिय सम्झौता सार्वजनिक, कुन खेलाडी कुन ग्रेडमा

कप्तान सन्दिप लामिछाने सहित पाँच खेलाडीलाई ग्रेड ‘ए’ मा समाबेश गर्दै नेपाल क्रिकेट संघ ( क्यान ) ले २०२२ को केन्द्रिय सम्झौता सार्वजनिक गरेको छ।

क्यान बैठकले अनुशासनको कारवाही गर्दै चार जना खेलाडीलाई ( ज्ञानेन्द्र, दिपेन्द्र, कमल र सोमपाल ) ६ महिना केन्द्रिय सम्झौतामा नराख्ने निर्णय औपचारिकरुपमा फिर्ता लिएको छ। ग्रेडिंग लगायत विषयमा चित्त नबुझेपछि खेलाडीहरुले रास्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुन अस्विकार गरेका थिए जसपछि क्यानले कारवाही फिर्ता लिने सम्झौता गरेको थियो। कप्तानको रुपमा ज्ञानेन्द्र मल्ललाई हटाउने र सन्दिप लामिछानेलाई नियुक्त गर्ने बाहेक अन्य कारवाही क्यानले फिर्ता लिएको हो।

बैठकले संघको वार्षिक साधारणसभा फाल्गुन १३ र १४ गटा धनगढीमा गर्ने निर्णय गरेको छ जसको लागि अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा पाँच सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको छ। समितिमा कार्यवाहक सचित प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, अदास्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का रहेका छन्।

क्यानले पछिल्लो वर्गीकरणमा ग्रेड ‘बि’ मा राखिएका तिब्र गति बलिंग अलराउण्डर सोमपाल कामिलाई ‘ए’ ग्रेडमा फर्काएको छ। ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी र करन केसी पनि ‘ए’ ग्रेडमा छन्। शरद भेसावकर, कुशल भुर्तेल, आसिफ शेख र अविनाश बोहरा ग्रेड ‘बि’ मा छन्। यस्तै कुशल मल्ल, रोहित पौडेल, कमल सिंह ऐरी, शाहब आलम, पवन सर्राफ र सुशन भारि ग्रेड ‘सी’ मा छन्।

ग्रेड ‘ए’ , ‘बि’ र ‘सी’ मा भएका पुरुष क्रिकेटरले मासिक क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ मासिक पाउनेछन्। यस्तै महिलातर्फ ‘ए’ ‘बि’ र ‘सी’ श्रेणीकाले क्रमशः १५ हजार, १२ हजार र १० हजार मासिक पाउनेछन्।

<strong>कुन श्रेणीमा को-को खेलाडी ( पुरुष ) </strong>

ग्रेड ‘ए’ ( मासिक ५० हजार रुपैयाँ ) : सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, करन केसी र सोमपाल कामि
ग्रेड ‘बि’ ( मासिक ४० हजार रुपैयाँ ) : कुशल भुर्तेल, आसिफ शेख, शरद भेसावकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी
ग्रेड ‘सी’ ( मासिक ३० हजार रुपैयाँ ): कुशल मल्ल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, साहव आलम, सुशन भारी र पवन सर्राफ

<strong>कुन श्रेणीमा को-को खेलाडी ( महिला ) </strong>

ग्रेड ‘ए’ ( मासिक १५ हजार रुपैयाँ ) : रुबिना क्षेत्री, सिता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी
ग्रेड ‘बि’ ( मासिक १२ हजार रुपैयाँ ) : सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वति चौधरी, सबनम राई र ज्योति पाण्डे
ग्रेड ‘सी’ ( मासिक १० हजार रुपैयाँ ) : डली भट्ट, कविता जोशी, बिन्दु रावल, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी

बैठकले असोजमा आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग भएको त्रिकोणात्मक ओडिआई सिरिजमा टोलीमा समावेश तीव्र गतिका बलर विक्रम सोब, गुलशन झा र रोहित कुमार पौडेललाई जनही एक लाख रुपियाँ दिने, महिला क्रिकेट टोलीकी विकेटकिपर ज्योति पाण्डेलाई ५० हजार रुपियाँ दिने, स्पिनर ललितनारायण राजवंशीको उपचार खर्चमा एक लाख ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।

यस्तै पूर्व राष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरीलाई छनोट समितिको संयोजकमा नियुक्त गरिएको छ। साथै आर्थिक समितिको संयोजकमा रोशन कुमार सिंह, प्राविधिक समितिको संयोजकमा बिरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य तथा क्रिकेट समितिको संयोजकमा कैलाश बिस्टलाई मनोनयन गर्ने निर्णय गरेको छ।

यसैगरी बैठकले पोखरा, भैरहवा र धनगढी क्रिकेट मैदानमा दुई दुई जना तथा जनकपुर र सप्तरी क्रिकेट मैदानमा एक एक जना मैदान कर्मचारी नियुक्त गर्ने लगायत निर्णय पनि गरेको छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy