क्यान बैठक : सम्झौता अवधि घटाउदै सच्याइयो खेलाडी वर्गीकरण, के-के भए अन्य निर्णयहरु

नेपाल क्रिकेट संघ ( क्यान ) ले गत महिना असोजमा गरेको राष्ट्रिय क्रिकेटरहरुको वर्गीकरणमा खेलाडीहरु थप गरेको छ। राष्ट्रिय क्रिकेटरहरुहरुलेनै असन्तुष्टि जनाएपछि तथा व्यापक आलोचना पछि क्यानले वर्गीकरण पुनः गर्ने बताएको थियो। क्यानको शनिवार बसेको भर्चुअल बैठकले नयाँ वर्गीकरणलाई पारित गरेको छ।

“खेलाडी वर्गीकरण छनोट समितिले सोमपाल कामिलाई ग्रेड ‘बि’ बाट ‘ए’ मा, अविनाश बोहरालाई ग्रेड ‘सी’ बाट ‘बि’ मा, ललित नारायण राजबंशीलाई ग्रेड ‘बि’ र सन्दिप जोरालाई ग्रेड ‘सी’ मा पुन वर्गीकरण गर्न गरेको प्रस्तावलाई बोर्ड बैठकले सर्वसम्मतले पारित गरेको छ” क्यानले जारि गरेको प्रेस बिज्ञप्तिमा बताईएको छ।

यस अघि सोमपाल कामिलाई ग्रेड ‘बि’ मा तथा राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य देब्रे हाते स्पिनर ललित राजबंशीलाई ग्रेडिंगमै नराखिएपछि संघको आलोचना भएको थियो।

यस्तै क्यानले महिला क्रिकेटर तर्फको वर्गीकरण पनि परिवर्तन गरेको छ।

“महिला क्रिकेट खेलाडीतर्फ सरस्वति चौधरीलाई ग्रेड ‘बि’ मा, ममता चौधरी र सुमन खतिवडालाई ग्रेड ‘सी’ मा राख्ने निर्णय गरेको छ” राष्ट्रिय क्रिकेटर ममता चौधरी, सरस्वति चौधरी, शान्ति खतिवडालाई यस अघि वर्गीकरणमा समाबेश गरिएको थिएन।

२०१९ देखि राष्तिरी टिममै नपरेका शोभा आले ,रितु कनोजिया र ज्योति पाण्डे जस्ता खेलाडीलाई वर्गीकरणमा निरन्तरता दिईएको छ। यस्तै राष्ट्रिय टिमबाट डेब्युनै नगरेका अनुराधा चौधरी, कबिता जोशीलाई वर्गीकरणमा निरन्तरता दिईएको छ। क्यानले नयाँ खेलाडीहरु थप्ने बाहेक पुरानो वर्गीकरणमा भने परिवर्तन गरेको छैन।

मङ्सिर १० देखि राष्ट्रिय क्रिकेट टिमले अभ्यास सुरु गर्ने भएको छ

अनुवन्ध अवधि घट्यो 

क्यानले वर्गीकरणमा खेलाडीहरु थप्दा यस अघि १ वर्षको लागि गरेको सम्झौता अवधि भने घटाएर ६ महिनाको लागि मात्र गर्ने निर्णय गरेको छ। यसको पछाडी क्यानले कोरोना महामारीलाई कारण देखाएको छ।

पुरुषतर्फ २० जना तथा महिलातर्फ २२ खेलाडीलाई सम्झौतामा राखिएको छ। पुरुषतर्फ ‘ए’ ग्रेडमा परेका खेलाडीले ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ले मासिक ३० हजार तलब पाउने छन् । महिलातर्फ ‘ए’ ग्रेडमा परेकाले १५ हजार, ‘बी’ ले १२ र ‘सी’ मा परेकाले मासिक १० हजार पाउने छन्।

क्यानले सम्झौता गरेका खेलाडीहरु 

पुरुषतर्फ :ए’ ग्रेड: पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, ‘बी’ ग्रेड: सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा,ललित राजवंशी ‘सी’ ग्रेड : सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, सन्दीप जोहरा

महिलातर्फ : ए ग्रेड: रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर, करुणा भण्डारी ‘बी’ ग्रेड: ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी ‘सी’ ग्रेड: कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, सोभा आले, सुमन खतिवडा, ममता चौधरी

क्यानले गरेका अन्य महत्वपूर्ण निर्णयहरु 

–  क्यान बैठकले संघको वार्षिक साधारणसभा यो वर्ष मङ्सिर ३ मा गर्ने निर्णय गरेको छ।

– राष्ट्रिय क्रिकेट टिमको बन्दसत्र मङ्सिर १० देखि सुरु गर्ने जसको लागि सम्पूर्ण स्वास्थ्य प्रोटोकल पुरा गरिनेछ।

– टियु क्रिकेट मैदानको पेभेलियन हलको स्तरोन्नति गर्ने जसको लागि भारतीय दूतावासए सहयोग गर्ने छ

– नेसनल क्रिकेट एकेडेमी संचालन गर्नको लागि कार्यविधि निर्माण गरिनेछ जसको दुर्गाराज पाठक संयोजक रहनेछन्

– राष्ट्रिय क्रिकेट टिमलाई फिटनेस ट्रेनरको व्यवस्था गरिनेछ

– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी डिसेम्बरको अन्तिममा संचालन गर्ने जसको लागि अनुमति प्रक्रिया अघि बढाइनेछ

– प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा ऋषि गौतम, दुर्गाराज पाठक, कैलास बिस्ट, छुम्बी लामा सदस्य रहनेगरि दुइ हफ्ता भित्र ३ वर्षीय रणनैतिक योजना निर्माण गर्ने

– मुलपानी स्थित महिल्लो क्रिकेट मैदानमा ड्रेनेज निर्माण र स्तरोन्नति प्रक्रिया अघि बढाउने

सम्बन्धित 

https://wicketnepal.com/can-drs-please-wn20/

https://wicketnepal.com/can-mukhy-prashikshk-suchi-icc-wn20/

https://wicketnepal.com/gambhir-on-kohli-failure-ipl-wn20/

https://wicketnepal.com/warner-out-decisions-com-birodh-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy