क्यानले गरेको खेलाडी वर्गीकरणको आधार प्रस्ट नभएको भन्दै पुनर्विचार गर्न सिप्यानको आग्रह

नेपाल क्रिकेट संघको असोज ६ गते बसेको बोर्ड बैठकले गरेको खेलाडीहरुको वर्गीकरणको आधार प्रस्ट नभएको भन्दै नेपाल क्रिकेट खेलाडी संघ नेपालले ( सीप्यान ) राष्ट्रिय खेलकुद परिषदलाई ध्यानाकर्षण गराएको छ।

आइतबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिबलाई सीप्यानले ध्यानाकर्षण पत्र बुझाएको छ। ज्ञापन पत्रमा क्यानले गरेको पुरुष र राष्ट्रिय खेलाडीको २०२० को वर्गीकरणको आधार थप प्रस्ट गरिनुपर्ने, वर्गीकरणलाई पारदर्शी बनाउनु पर्ने, निश्चित मापदण्ड तोक्नुपर्ने जस्ता कुरामा ध्यानाकर्षण गराइएको छ। सिप्यानका अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेटर मनिष राज पाण्डे तथा उपाध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेटर राजु खड्काले सदस्य सचिवलाई पत्र बुझाएका थिए।

क्यानले गरेको वर्गीकरणमा केहि नियमित राष्ट्रिय क्रिकेटरलाई समेत राखिएको छैन भने राष्ट्रिय टिमको लागि खेल्दै नखेलेका क्रिकेटरलाई समेत समाबेश गरिएको छ। पुरुष तर्फ नियमित बलर ललित राजबंशीलाई वर्गीकरणमा नराख्दा आलोचना भएको छ। महिलातर्फ अझ बढी आधारविहिन रहेको वर्गीकरणमा ममता चौधरी, शान्ति खतिवडा, सरस्वती चौधरी, आरति बिडारी जस्ता राष्ट्रिय खेलाडीहरुलाई समाबेश गरिएको छैन। २०१९ मा टिममै नपरेका शोभा आले ,रितु कनोजिया र ज्योति पाण्डेलाई वर्गीकरणमा समाबेश गरिएको छ। यस्तै राष्ट्रिय टिमबाट डेब्युनै नगरेका अनुराधा चौधरी, कबिता जोशीलाई वर्गीकरणमा समाबेश गरिएको छ। विस्तृतमा पढ्नुस  – क्यान ‘डीआरएस’ प्लिज

सीप्यानले राखेपलाई बुझाएको ध्यानाकर्षण पत्र

श्री सदस्य सचिवज्यू
राष्ट्रिय खेलकुद परिषद काठमाडौँ

विषयः ध्यानाकर्षण सम्बन्धमा

नेपाल क्रिकेट संघको हालै मिति २०७७ असोज ६ गते भरतपुर, चितवनमा बसेको बैठकको सार्वजनिक भएका केही निर्णयहरुमा यस क्रिकेट खेलाडी संघ नेपाल ( सिप्यान ) को ध्यानाकर्षण भएको छ । लामो समयदेखि अवरुद्ध नेपाली क्रिकेटको व्यवस्थापनसँग् सम्बन्धित गतिविधिलाई गति प्रदान गर्ने लक्ष्यका साथ गरिएका निर्णयहरुले केही सुधारात्मक र सकारात्मक सन्देश दिएको छ । जुन स्वाग्तयोग्य पनि छ । तर ती निर्णयहरु मध्ये क्रिकेट खेलाडीसंग प्रत्यक्ष सरोकार राख्ने तल उल्लेखित केही निर्णयहरुमा भने क्रिकेट खेलाडीहहरूबाट प्राप्त अनुरोधका आधारमा पुनर्विचार गर्नुपर्ने आवश्यकता महशूस भएको हुँदा यसमा उचित सम्बोधनका लागि त्यस परिषदबाट आवश्यक पहल गरि दिनु हुन ध्यानाकर्षण सहित अनुरोध गर्न चाहन्छु।

– निर्णयमा उल्लेख भएअनुसार सन् २०२० का लागि पुरुष र महिला क्रिकेट खेलाडीलाई गरिएको वर्गीकरणको आधारमा थप प्रष्टता आवश्यक देखिन्छ । वर्गीकरण जस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गरिनु क्रिकेट विकासका लागि जरुरी छ । यसलाई तर्कसम्मत र त्रुटी रहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता देखिएको छ ।

–  विश्वव्यापी स्थापीत मूल्य र मान्यतालाई आधार मान्दै नेपाली क्रिकेटलाई व्यावसायिक उन्मुख र प्रतिफलमूखी बनाइराख्न क्रिकेट खेलाडीको आयस्रोतलाई व्यवस्थित बनाइनु पर्ने र खेलाडीको मनोबल उच्च बनाई राख्नु पर्ने अति आवश्यक हुन्छ । यसका लागि न्यायसंगत ढङ्गले समयसापेक्ष कुनै पनि किसिमको विभेदको अनुभूति हुने वातावरणलाई निरुत्साहित गर्दै जानुपर्छ भन्नेमा हामी दृढ हुनैपर्छ।

–  पुरुष र महिला क्रिकेट खेलाडीको जीवन बीमा, दुर्घटना बीमा गर्नका लाग  त्यस संघबाट आवश्यक पहल गरिने कुरा सह्राहनीय छ तर यसका लागि समावेश गरिने खेलाडीको दायरालाई फराकिलो बनाइनु पर्ने हुन्छ । यस कार्यको यथासक्य चाँडो कार्यान्वयनको अपेक्षा लिएको छु ।

क्रिकेट खेलाडीको हकहितका लागि समर्पित सिप्यान नेपाली क्रिकेटको समग्र विकासमा आवश्यक समन्वय र सहयोगका लागि तत्पर छ। धन्यवाद ।

क्यान ‘डीआरएस’ प्लिज

तयार भयो पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपीआर ( फोटो फिचर )

विलियमसनले बताए ‘खेल्न तयार छु’, हैदरावाद फ्यानहरुको पनि उही चाहना

रिद्दिमानको सुस्त इनिंगलाई लक्षित गर्दै वार्नरले भने – ‘थोरै बढी आक्रामक हुनुपर्थ्यो’





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]