क्रिकेट सङ्घको चुनाव असोज पहिलो साता हुने, खेलाडी वर्गीकरण गर्न समिति गठन

Cricket Association of Nepal , CAN LOGO

नेपाल क्रिकेट सङ्घ (क्यान)को नयाँ नेतृत्व चयनका लागि असोज ५ र ६ गते निर्वाचन हुने भएको छ । आज शुक्रबार बसेको क्यानको केन्द्रीय कार्य समितिको बैठकले असोज ५ र ६ गते केन्द्रीय निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकले साउन १० गतेसम्ममा सदस्यता वितरण गर्न जिल्ला सङ्घहरूलाई जिम्मेवारी दिएको छ । बैठकले साउन मसान्तसम्म जिल्ला निर्वाचन, भदौ १० गतेसम्ममा प्रदेश निर्वाचन गर्ने पनि भनेको छ ।

बैठकले जिल्ला तथा प्रदेश निर्वाचनको अनुगमनका लागि कानुनी सल्लाहकार रोचक रेग्मीको संयोजकत्वमा २ सदस्यीय समिति गर्न गर्ने निर्णय समेत गरेको छ ।

क्यान कार्यसमिति बैठकले राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीहरूको २०२३ को बाँकी ६ महिनाको केन्द्रिय वर्गीकरणको जिम्मेवारी तीन जनालाई दिने निर्णय गरेको छ ।

त्यसका लागि क्यानका केन्द्रिय सदस्य ऋषिराम गौतमको संयोजकत्मा क्रिकेट म्यानेजर विनोद कुमार दास र छनोट समितिका संयोजक दिपेन्द्र चौधरी सम्मिलित ३ सदस्यीय समिति बनाएर जिम्मेवारी दिने निर्णय गरेको क्यानले जनाएको छ ।

यसैगरी एनपीएलको आगामी संस्करण गर्ने सम्बन्धमा अध्ययन गरी सुझाव पेस गर्न क्यानका केन्द्रिय सदस्य पदम बहादुर खड्काको संयोजकत्वमा केन्द्रिय सदस्य कैलाश विष्ट र राखेप प्रतिनिधि सदस्य छुम्बी लामा सम्मिलित ३ सदस्यीय समितिलाई जिम्मेवारी दिएको छ ।

यस्तै इपीएल लगायत पहिले सञ्चालित अन्य फ्रेन्चाइज लिगहरू सञ्चालन गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न क्यान केन्द्रीय सदस्य मो। दाउद अन्सारीको संयोजकत्वमा बागमती प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष राजु बस्न्यात र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष हरि रेग्मी सम्मिलित समितिलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

मुलपानी माथिल्लो मैदानलाई क्यानका पूर्व अध्यक्ष स्वर्गीय जयकुमार नाथ शाहको नाममा जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान नामाकरण गर्ने निर्णय क्यानले गरेको छ ।

यस्तै वीरगञ्जस्थित नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदानको नामाकरण क्यानका पूर्व वरिष्ठ उपाध्यक्ष स्वर्गीय तारिणी विक्रम शाहको नाममा टिबी शाह क्रिकेट मैदान नामाकरण गरिदिन राखेपलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

यस बाहेक नेपालको पुरुष टिमले खेल्ने एसीसी इमर्जिङ टिम्स एसिया कप र एसिया कप तथा महिला टिमले खेल्ने वुमन्स टी-२० विश्वकप क्वालिफायर एसियामा सहभागिताका लागि सहमति दिने निर्णय भएको छ । साथै महिला टिमलाई विश्वकप छनोटको खेलअघि वैदेशिक भ्रमणमा पठाउने निर्णय समेत गरिएको छ ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]