क्यान कार्यवाहक सचिव पाठकमाथि मोबिल छ्यापियो

नेपाल क्रिकेट संघ ( क्यान ) का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्यापिएको छ।

शनिबार बिहान मकवानपुरको हेटौंडामा जिल्ला क्रिकेट संघको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेका हुन्।

पाठक खाना खाइरहेको अवस्थामा स्कुटरमा आएका दुई जनाले मोबिल छ्यापेर भागेको प्रहरीले जनाएको छ । केही मोबिल पाठकको कपडामा लागेको छ।

घटनापछि प्रहरी कार्यालयमा पाठकले निवेदन समेत दिएका छन्। मोबिल छ्याप्ने व्यक्तिहरूको पहिचान नखुले पनि सिसिटिभी फुटेज भेटिएको छ। यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

( साभार – रिपोर्टसनेपाल )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy