चतुर बहादुर चन्द क्यानको अध्यक्ष निर्वाचित, कसले कति मत प्राप्त गरे

चतुर बहादुर चन्द नेपाल क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्। चन्दको प्यानललेनै जित हात पार्यो। अध्यक्षका अर्का उम्मेदवार विनय राज पाण्डेलाई चन्दले ४४/१५ को ठुलो अन्तरले पराजित गरे।

यस्तै संघको उपाध्यक्षमा राजुबाबु श्रेष्ठ विजयी भएका छन् जसले डन्डु लामालाई ४१/१७ मतान्तरले पराजित गरे। यस्तै सचिवमा अशोकनाथ प्याकुरेलले बिनोद कुमार मैनालीलाई ४३/१५ अन्तरले पराजित गरेका छन्। कोषाध्यक्षमा रोशन कुमार सिंहले उपेन्द्र भट्टराईलाई ४५/१२ अन्तरले पराजित गरे।

बिनय राज पाण्डे ४४/१५ भोटले पराजित भए

यस्तै सदस्यहरुमा यस्तै प्रदेश-१ को सदस्यमा कैलाश बिस्टले लाक्पा लामालाई ३७/२१ अन्तरले , प्रदेश-३ सदस्यमा अमित बिर पाण्डेले कैलाश प्रधान ३९/१९ अन्तरले पराजित गरे। यस्तै खुल्लातर्फबाट दुर्गाराज पाठक ( ४२ ) , माधव कुमार कर्माचार्य ( ३५ ) , करन महोत्रा क्षेत्री ( ३० ) , संजय राज सिंह ( ३४ ) , बिरेन्द्र बहादुर चन्द ( ३६ ) , कैलाश बिस्ट विजयी भएका छन्।

यस अघिनै प्रदेश-२ बाट दाउद अन्सारी, प्रदेश-६ बाट पदम खड्का, प्रदेश-७ बाट बिक्रम बिस्ट, प्रदेश-४ बाट ऋषिराम गौतम तथा प्रदेश-५ बाट प्रशान्त बिक्रम मल्ल निर्बिरोध चयन भइसकेका थिए। यस्तै महिलाबाट एक मात्र उम्मेदवर रहेकी जयन्ति भट्ट विजयी भइन्।

यस्तो बन्यो कार्यसमिति :-
अध्यक्ष : चतुर बहादुर चन्द, उपाध्यक्ष – राजुबाबु श्रेष्ठ, सचिव : अशोकनाथ प्याकुरेल , कोषाध्यक्ष : रोशन कुमार सिंह
सदस्यहरु :- अमित बिर पाण्डे, कैलाश बिस्ट , दुर्गाराज पाठक, माधव कुमार कर्माचार्य, करन महोत्रा क्षेत्री, संजय राज सिंह, बिरेन्द्र बहादुर चन्द, दाउद अन्सारी, पदम खड्का, बिक्रम बिस्ट, प्रशान्त बिक्रम मल्ल, जयन्ति भट्ट , ऋषिराम गौतम

जित हाँसिल गरे पछि चतुर बहादुर चन्दसंग कुराकानी 

मतदानमा जिल्लाबाट १/१ जना गरि ३९ र प्रदेशबाट २० गरि ५९ जना मतदाता सहभागी थिए।

क्यानले नयाँ नेतृत्व पाएपछि अक्टोबर १३ ( असोज २६ ) मा बस्ने आईसीसीको बोर्ड बैठकले नेपालको निलम्बन फुकुवा गर्ने अपेक्षा रहेको छ।
कांग्रेस निकट चन्द निलम्बित क्रिकेट संघको अध्यक्ष रहेका थिए जसलाई राखेपले मान्यता नदिंदै रमेश सिलवाललाई अध्यक्ष बनाएर क्यान पुनर्गठन गर्दा विवादको सुरुवात भएको थियो। चन्दले अध्यक्षको रुपमा काम गर्न पाएका थिएनन्।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy