क्यानद्वारा फिटनेस प्रशिक्षक माग

नेपाल क्रिकेट सङ्घ(क्यान)ले राष्ट्रिय क्रिकेट टिमको लागि फिटनेश प्रशिक्षकका लागि पदपूर्ति आव्हान गरेको छ । क्यानले बुधबार एक सूचना प्रकाशन गरी फिटनेश प्रशिक्षक(लेभल २)को माग गरेको छ।

नेपाली क्रिकेट टिमको फिटनेस ट्रेनरको रुपमा भारतका आशय हटकर कार्यरत रहेका थिए जो नेदरल्याण्ड र मलेसियासंगको त्रिकोणात्मक सिरिज पछि फर्कीसकेका छन्।


उम्मेदवारले बेलायत, अष्ट्रेलिया र भारत वा अन्य सम्बन्धित संस्थाबाट मान्यताप्राप्त अध्ययन पूरा गरेको हुनुपर्नेछ। निवेदकका लागि खेलकुद टोलीसँग रहेर काम गरेको दुई वर्षको अनुभब हुनुपर्ने, क्रिकेट टोलीसँग काम गरेको अनुभव बोकेकालाई प्राथमिकता दिइने तथा खेलाडीको क्षमता बुझेर सहयोग गर्ने हुनुपर्ने अनुभव तोकिएको छ ।

टिमको फिटनेस ट्रेनरमा खेलाडीहरुको प्रदर्शन सुधार गर्न फिटनेस सेसन आयोजना गर्दै चोट लाग्ने सम्भावना समेत कम गर्ने काम गर्दछन्। खेलाडीहरुको शरीर अनुसारको पोषण, स्वास्थ्य तथा फिटनेस बारे खेलाडीहरुलाई सुझाव दिने जिम्मेवारी समेत फिटनेस ट्रेनरको हुने गर्छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]