क्यानद्वारा फिटनेस प्रशिक्षक माग

नेपाल क्रिकेट सङ्घ(क्यान)ले राष्ट्रिय क्रिकेट टिमको लागि फिटनेश प्रशिक्षकका लागि पदपूर्ति आव्हान गरेको छ । क्यानले बुधबार एक सूचना प्रकाशन गरी फिटनेश प्रशिक्षक(लेभल २)को माग गरेको छ।

नेपाली क्रिकेट टिमको फिटनेस ट्रेनरको रुपमा भारतका आशय हटकर कार्यरत रहेका थिए जो नेदरल्याण्ड र मलेसियासंगको त्रिकोणात्मक सिरिज पछि फर्कीसकेका छन्।


उम्मेदवारले बेलायत, अष्ट्रेलिया र भारत वा अन्य सम्बन्धित संस्थाबाट मान्यताप्राप्त अध्ययन पूरा गरेको हुनुपर्नेछ। निवेदकका लागि खेलकुद टोलीसँग रहेर काम गरेको दुई वर्षको अनुभब हुनुपर्ने, क्रिकेट टोलीसँग काम गरेको अनुभव बोकेकालाई प्राथमिकता दिइने तथा खेलाडीको क्षमता बुझेर सहयोग गर्ने हुनुपर्ने अनुभव तोकिएको छ ।

टिमको फिटनेस ट्रेनरमा खेलाडीहरुको प्रदर्शन सुधार गर्न फिटनेस सेसन आयोजना गर्दै चोट लाग्ने सम्भावना समेत कम गर्ने काम गर्दछन्। खेलाडीहरुको शरीर अनुसारको पोषण, स्वास्थ्य तथा फिटनेस बारे खेलाडीहरुलाई सुझाव दिने जिम्मेवारी समेत फिटनेस ट्रेनरको हुने गर्छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy