क्रिकेट संघको जनरल म्यानेजरमा खनाल नियुक्त

२०७८ चैत्र २७, आईतवार १४:१६

नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजरमा बृतान्त खनाललाई नियुक्त गरिएको छ । बृतान्त खनालले आगामी २ गतेदेखि क्यानको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

खनालले यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षण संस्था र इनस्टीच्यूटहरुमा काम गरेका थिए ।

तत्कालिन जीएम रौनक मल्ललाई क्यानले हटाए पछि नयाँ नियुक्तिको प्रक्रिया थालिएको थियो । ३४ जनाले आवेदन दिएकोमा ९ जनालाई सर्टलिस्ट गरिएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy