नेपाल क्रिकेट संघ ( क्यान ) ले राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको लागि सार्वजनिक सूचना जारि गर्दै आवेदन माग गरेको छ। क्यानले बिहिबार बिहान मुख्य प्रशिक्षक लगायत, जेनेरल म्यानेजर, चिफ फाइनान्स अफिसर, क्रिकेट म्यानेजर तथा सात वटा प्रदेशको लागि प्रशिक्षकको लागि पनि आवेदन माग गरेको छ।
क्यानको साउनमा बसेको कार्यसम्पादन समितिको बैठकले विभिन्न पदको लागि सूचना प्रकासित गर्ने निर्णय गरेको थियो। झन्डै डेढ महिना पछि बल्ल क्यानले सूचना प्रकासित गरेको हो। उक्त बैठकले राष्ट्रिय टिमको फिजियोको रुपमा बिक्रम न्यौपानेलाई भने नियुक्त गरेको थियो।
गत वर्ष माघमा भारतीय प्रशिक्षक उमेश पटवालले राजिनामा दिएपछि नेपालले नयाँ प्रशिक्षक पाएको छैन। जगत टमाटाले प्रशिक्षकको रुपमा काम गरिरहेका थिए।
https://www.facebook.com/CricketAssociationOfNepalOfficial.CAN/posts/1658377540991862
मुख्य प्रशिक्षकको लागि क्यानले ६० वर्ष मुनि उमेर भएको तथा कम्तिमा इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अस्ट्रेलियाको लेभल-३ को योग्यता हुनुपर्नेछ। यस्तै कम्तिमा ३ वर्ष आईसीसीको टेस्ट राष्ट्र, प्रथम श्रेणी टिम, एसोसिएट राष्ट्र र अन्तर्राष्ट्रिय क्रिकेट लिगमा प्रशिक्षण गरेको अनुभव हुनु पर्नेछ। यस्तै नेपाली क्रिकेटको राम्रो ज्ञान भएको तथा अंग्रेजी भाषा र कम्प्युटरमा समेत पोख्त हुनुपर्ने बताएको छ।
यस्तै प्रदेशको प्रशिक्षकको लागि कम्तिमा लेभल-१ उतिर्ण २५ देखि ५५ वर्षको बीचमा उमेर भएको हुनुपर्ने क्यानले क्राइटेरिया राखेको छ।
सबै पदको लागि सेप्टेम्बर २३ सम्म आफ्नो आफ्नो योग्यताको प्रमाणपत्र सहित क्यानसंग काम गर्न चाहनुको कारण सहित निवेदन दिनुपर्नेछ।
सम्बन्धित :-
https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/
https://wicketnepal.com/can-sadharansabha-sthagit-wn20/
https://wicketnepal.com/lama-giri-can-wn20/
https://wicketnepal.com/can-4-samiti-purnanta-wn20/
यो पनि पढ्नुस :-
https://wicketnepal.com/suresh-raina-interview-ipl-wn20/
https://wicketnepal.com/bigbash-league-sunam-stuwart-mcgill-wn20/
https://wicketnepal.com/malinga-not-to-play-ipl-wn20/