क्यानले खेलाडी वर्गीकरण फेरी गर्ने

cricket association of nepal

नेपाल क्रिकेट संघको ( क्यान )  गत हफ्ता चितवनमा बसेको बोर्ड बैठकले गरेको गरेको खेलाडी वर्गीकरणको व्यापक आलोचना भएपछि क्यानले पुनः वर्गीकरण गर्ने भएको छ।

क्यानले बिहिबार प्रेस बिज्ञप्ति जारि गर्दै यस अघि ‘खेलाडी वर्गीकरण निर्धारण समिति’ ले गरेको वर्गीकरणलाई बोर्ड बैठकले पारित गरेता पनि वर्गीकरणमा केहि महत्वपूर्ण खेलाडीहरुको नाम छुटेको तथा न्यायोचित नभएको गुनासो खेलाडीहरु स्वयम्ले गरेपछि संघले पुनर्विचार गर्ने बताएको छ।

संघका अध्यक्ष चतुर बहादुर चन्दद्वारा जारि गरेको प्रेस बिज्ञप्तिमा लेखिएको छ – 

“नेपाल क्रिकेट संघद्वारा कोषाध्यक्ष रोशन कुमार सिंहको संयोजकत्वमा संघको केन्द्रिय सदस्यहरु अमित बिर पाण्डे र दुर्गाराज पाठक सदस्य रहने गरि बनाइएको ‘खेलाडी वर्गीकरण निर्धारण समिति’ ले २०७७ साल असोज ६ गते चितवनमा सम्पन्न संघको बोर्ड बैठकमा खेलाडी करारको लागि १८ जना पुरुष र १९ जना महिला खेलाडीहरुलाई विभिन्न श्रेणीमा वर्गीकरण गर्दै बोर्ड बैठकमा पेश गरेको र समितिको उक्त वर्गीकरणलाई बोर्ड बैठकले नै पारित गरेको थियो।

तर उक्त वर्गीकरणमा केहि महत्वपूर्ण खेलाडीहरुको नाम छुट्न गएको र वर्गीकरण न्यायोचित नभएको भनि खेलाडीहरुले गुनासो गर्दै संघअ निवेदन आएकोमा यसप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ। यसर्थ संघले पुनः खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेटका कप्तान, उपकप्तान र प्रशिक्षकसंग आवस्यक चल्पह्ल गरि सुझाव सहितको वर्गीकरण प्रतिवेदन आगामी बोर्ड बैठकमा पेश गर्नको लागि अनुरोध गरिएको जानकारी गर्न चाहन्छौ।”

किन भएको थियो बिरोध 

क्यानले गरेको वर्गीकरणमा केहि नियमित राष्ट्रिय क्रिकेटरलाई समेत नराख्दा राष्ट्रिय टिमको लागि खेल्दै नखेलेका क्रिकेटरलाई समेत समाबेश गरिएको थियो। पुरुषतर्फ नियमित बलर ललित राजबंशीलाई वर्गीकरणमा नराख्दा आलोचना भएको थियो।

महिलातर्फ अझ बढी आधारविहिन रहेको वर्गीकरणमा ममता चौधरी, शान्ति खतिवडा, सरस्वती चौधरी, आरति बिडारी जस्ता राष्ट्रिय खेलाडीहरुलाई समाबेश गरिएको थिएन। २०१९ मा टिममै नपरेका शोभा आले ,रितु कनोजिया र ज्योति पाण्डेलाई वर्गीकरणमा समाबेश गरिएको थियो। यस्तै राष्ट्रिय टिमबाट डेब्युनै नगरेका अनुराधा चौधरी, कबिता जोशीलाई वर्गीकरणमा समाबेश गरिएको थियो।

क्यानले गरेको वर्गीकरण 

महिलातर्फ –  ‘ए’ ग्रेड : ( मासिक १५ हजार ) रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर, करुणा भण्डारी , ‘बि’ ग्रेड : ( मासिक १२ हजार ) ज्योती पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ, सरिता मगर ‘सी’ ग्रेड : ( मासिक १० हजार ) कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द, सोभा आले

पुरुषतर्फ :- ‘ए’ ग्रेड ( ५० हजार मासिक ) : ज्ञानेन्द्र मल्ल, पारस खड्का, बसन्त रेग्मी, शरद भेसावकर, बिनोद भण्डारी, करन केसी, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी ‘बि’ ग्रेड ( ४० हजार मासिक ) :  सोमपाल कामि, सुशन भारि, आरिफ शेख, पवन सर्राफ ‘सी’ ग्रेड ( ३० हजार मासिक ) : सुबास खकुरेल, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, राशिद खान र कमल सिंह ऐरी

क्यान ‘डीआरएस’ प्लिज

क्रिकेट संघ अध्यक्ष चन्दलाई कोरोना संक्रमण

शेन वार्नको नजरमा यी ४ टिम पुग्ने छन् आईपीएलको प्लेअफमा

आर्चरले फाले सिजनकै सबैभन्दा तीव्र गतिको बल, जान्नुस कति थियो गति

विवादास्पद निर्णय : स्पाइडरक्यामलाई छोएता पनि उनदकतलाई क्याच आउट दिएपछि

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( कोलकाता-राजस्थान खेल पछि )





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]