क्यानको सम्पूर्ण घरेलु प्रतियोगिता एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने

२०७८ श्रावण ८, शुक्रबार १७:३८

नेपाल क्रिकेट संघले ( क्यान )  आयोजना गर्ने सम्पूर्ण घरेलु प्रतियोगिताहरुको प्रत्यक्ष प्रशारण गर्ने अधिकार डिश  मिडिया नेटवर्कले पाएको छ।

नेपाल क्रिकेट संघ र डिश  मिडिया नेटवर्क बीच शुक्रबार घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको हो। सम्झौतामा डिश  मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह बीच हस्ताक्षर गरेका थिए। दुवै पक्षले सम्झौता रकम भने खुलाएको छैन। विकेटनेपाललाई क्यान श्रोतबाट जानकारी भए अनुसार सम्झौता वार्षिक करिब १ करोड रुपैयाँमा भएको हो।

सम्झौता अन्तर्गत क्यानले आयोजना गर्ने प्रधानमन्त्री कप र मेयर्स कपको महिला र पुरुष प्रतियोगिता गरि ४ वटा प्रतियोगिता डिश  मिडिया नेटवर्कको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ।

पछिल्लो संस्करणको प्रधानमन्त्री कप र मेयर कपको महिला र पुरुष दुवै संस्करणको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्ट्सलेनै गरेको थियो।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy