ICC WCL-2 : नेपालको अभ्यास मंगलबार देखि, पानि पर्दा पनि अभ्यास नरोक्न क्यानको यस्तो तयारी

२०७८ असार ७, सोमबार ०९:४५

स्पेनमा जुलाई तेश्रो साता आयोजना हुने आईसीसी विश्व कप लिग-२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासंगको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार देखि अभ्यास सुरु गर्ने भएको छ।

आज ( सोमबार ) सबै खेलाडीहरुए टिम व्यवस्थापनसंग सम्पर्कमा आएर होटलमा चेक इन गर्नेछन् जसपछि सबैको कोभीड-१९ पीसीआर परिक्षण गरिनेछ। प्रशिक्षक डेभ व्हाटमोरको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ र मंगलबार देखि उनले अभ्यासको नेतृत्व गर्नेछन्।

बन्दप्रशिक्षणमा सहभागी हुन काठमाडौँ बाहिर रहेका करन केसी, कुशल मल्ल, शाहब आलम र सुशन भारि काठमाडौँ पुगीसकेका छन् र अभ्यासमा सामेल हुनेछन्। मल्ल, आलम र भारि गृहनगर भैरहवामा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनको निगरानीमा अभ्यासमा सामेल थिए। अन्य खेलाडीहरुले यस अघिनै अनौपचारिक रुपमा एक महिना अघि देखि टियु मैदान कीर्तिपुरमा नियमित अभ्यास सुरु गरिसकेका थिए। उनीहरुलाई टिमका फिजियो विक्रम न्यौपानेले फिटनेस क्रियाकलाप निरन्तर गराएका थिए भने टियु मैदानमा रहेको इन्डोर हलमा अभ्यास गरिरहेका थिए।

नेपाल क्रिकेट संघले खेलाडीहरुलाई विदेश अभ्यासमा पठाउन पहल गरे पनि त्यसको टुंगो भने लागेको छैन। अन्य देश सम्भव नभए आयोजना स्थल छिटो पुगेर अभ्यास गर्ने बिकल्प क्यानसंग छ।

नेपालमा लगातार वर्षा हुँदा आउटडोर अभ्यास गर्न कठिन हुँदा क्यानले टियु मैदानमै अभ्यास गर्न नयाँ जुक्ति लगाएको छ।

टियु मैदानको बीचमा रहेको एउटा पिच तथा इन्डोर हल छेउमा रहेको दुईवटा अभ्यास विकेटलाई ढाकेर खेलाडीहरुलाई पिचमै अभ्यास गराउन क्यानले तयारी थालीसकेको छ। पानि नपस्ने गरि माथि ढाकेर बलिंग र ब्याटिंग गर्न मिल्ने बनाइनेछ। त्यसो हुँदा पनि परेता पनि खेलाडीहरुको अभ्यास रोकिने छैन।

TU Cricket Ground Practice Wicket
TU Cricket Ground स्थित अभ्यास विकेटमा रहेको दुईवटा पिच तथा मैदानको सेन्टर पिच ढाकिनेछ

अभ्यासको लागि सुरुवाती चरणमा नेपाल क्रिकेट संघले २० सदस्यीय प्रारम्भिक टोलिको शुक्रबार घोषणा गरिसकेको छ। घोषित टिमबाट स्पेन भ्रमणको लागि १७/१८ जना खेलाडी लिएर जाने क्यानले बताएको छ। त्यसो गर्दा भ्रमणको क्रममा खेलाडी कोभीड-१९ संक्रमित भएमा पनि प्रतिस्थापन गर्न पर्याप्त बिकल्प टिमसंग हुनेछ।

२० सदस्यीय प्रारम्भिक टिम : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, कमल सिंह ऐरी, अविनाश बोहरा, सन्दिप जोरा, शाहब आलम, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, पृथु बास्कोटा

नेपालले विश्वकप लिग-२ अन्तर्गत पहिलो र अन्तिम सिरिज गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासंग खेलेको थियो। उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरकालाई पराजित गर्दा ओमनासंग भने दुवै खेलमा पराजित भएको थियो। विश्वकप लिग-२ अंकतालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। विश्वकप लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरु खेल्न बाँकी रहेको छ।

विश्वकप लिग-२ अंकतालिकाको शिर्ष-३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने अर्को साइकलको लागि विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ। विश्वकप लिग-२ को शिर्ष-३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्ले-अफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy