क्यानले बन्द प्रशिक्षणको लागि थप ५ जना खेलाडीहरु बोलायो

राष्ट्रिय क्रिकेट टिमका ३ जना सदस्यहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि नेपाल क्रिकेट संघले थप ५ जना क्रिकेटरहरुलिई बन्द प्रशिक्षणमा बोलाएको छ।

कप्तान ज्ञानेन्द्र मल्ल सहित उपकप्तान दिपेन्द्र ऐरी र रोहित पौडेलको बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो। यस्तै स्टाफ प्रदिप लामाको पनि रिपोर्ट पोजेटिभ आएको छ।

क्यानले फास्ट बलर बिक्रम सोब, विकेटकिपर ब्याट्सम्यान अनिल साह र लोकेश बम तथा ब्याट्सम्यान कुशल भुर्तेल र रित गौतमलाई बन्द प्रशिक्षणमा डाकेको हो। सोब, साह र भुर्तेलले नेपालको प्रतिनिधित्व गरिसकेका छन् भने गौतम र बमले नेपाली यु-१९ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन्। सबै खेलाडीहरुको कोरोना परिक्षण गरिसकेपछि मात्र बन्द प्रशिक्षणमा प्रवेश पाउनेछन्।

दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल र रोहित पौडेललाई कोरोना देखिएको हो

मंगलबार गरिएको कोरोना परिक्षणमा बन्द प्रशिक्षणको लागि घोषित २२ सदस्यीय टिम मध्ये ६ जना खेलाडीहरु अनुपस्थित रहेका थिए। कुशल मल्ल १२ कक्षाको परिक्षाको कारण अनुपस्थित रहेका हुन् भने शरद भेसावकर, सन्दिप लामिछाने, बसन्त रेग्मी, सुबास खकुरेल र करन केसीले अत्यावश्यक व्यक्तिगत कारण देखाएका छन्। सबै खेलाडीहरु १ साता भित्र बन्द प्रशिक्षणमा सहभागी हुने बताईएको छ।

कोरोना पोजेटिभ देखिएका कप्तान मल्ल , ऐरी र पौडेलको अवस्था सामान्य रहेको छ। तिन जना खेलाडीहरु अब क्वारेन्टाइनमा बस्नेछन् जसपछि आगामी रिपोर्ट नेगेटिभ नआउन्जेलसम्म बन्द प्रशिक्षणमा सहभागी हुन पाउनेछैनन्।

क्यानले आईसीसीले दिएको प्रोटोकलको आधारमा बन्द प्रशिक्षण सुरु गर्न लागेको हो। गत वर्ष चैत पछि पहिलो पटक एक साथ नेपाली टिम प्रशिक्षण गर्न लागेको हो।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]