नेपाल क्रिकेट संघ ( क्यान ) मोरङको अध्यक्षमा मोहम्मद साद बाबु निर्विरोध निर्वाचित भएका छन्।
विराटनगरमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा मोहम्मद साद निर्विरोध निर्वाचित भएका हुन्। मोहम्मद सादसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र कोषाध्यक्षमा रश्मी चौलागाई सर्वसम्मत चयन भएका छन्।
रोशन कुमार बुढाथोकी,अम्बिका बुढाथोकी,रोजी राई, मनोजकुमार चौधरी, मनोज मण्डल, कुन्दन सिंह,सुनिल पौडेल, विवेक झा, प्रविन भण्डारी, राजेश पोखरेल र सर्वजितराज पाण्डे सदस्यमा चयन भएका छन्।
नेपाल क्रिकेट संघको केन्द्रीय अधिवेशन असोज पहिलो साता काठमाडौँमा हुँदैछ। कोशी प्रदेशका पाँच जिल्ला इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा क्यानको शाखा रहेको छ। अधिवेशनका क्रममा सबै जिल्लामा सर्वसम्मत पदाधिकारी चयन भएका छन्।
( साभार – KhabarPurwanchal )