ब्याटिंग फ्लप हुँदा नेपाल पराजित

दोश्रो खेलमा नेपाललाई ८३ रनले पराजित गर्दै घरेलु टिम क्यानडाले दुई खेलको सिरिज १-० ले आफ्नो पक्षमा पारेको छ। पहिलो खेल वर्षाको कारण रद्द भएको थियो। स्कोरकार्ड 

ओन्टारियो स्थित किंग सिटि मैदानमा क्यानडाले दिएको १८९ रनको लक्ष पछ्याउने क्रममा नेपालले ३९.२ ओभरमा १०५ रनमा सबै विकेट गुमायो। नेपालको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका देव खनालले सर्वाधिक २६ रन योगदान दिए। ओपनर पवन सर्राफले १४ तथा बसिर एहमद, बिनोद भण्डारी र आदील अन्सारीले समान १३ रन बनाए। ३७ रनमै सुरुवाती ५ विकेट गुमाएपछि नेपालको विकेट जाने क्रम कुनै पनि बेला थामीएन।

क्यानडाका सबै पाँच बलर अमर खालिद, सलमान नजर रोमेल शाहजाद, साद बिन जाफर र हर्ष थाक्ररले २/२ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ९ विकेट क्षतिमा १८८ रन बनायो। उसको लागि नवौं नम्बरका ब्याट्सम्यान श्रेयस मोब्भाले अविजित ५० रन बनाए। ओपनर आरोन जोन्सनले ४४ तथा एघारौँ नम्बरका ब्याट्सम्यान अमर खालिदले अविजित ३० रन बनाए।

११८ रनमा ९ विकेट गुमेको अवस्थाबाट दशौँ विकेटको लागि मोब्भा र खालिदले अविजित ७० रनको साझेदारी गर्दै जितको आधार तयार गरे। दुवैले १२ ओभर ब्याटिंग गर्दै नेपाली बलरलाई विकेट दिएनन्।

नेपालको बलिंगमा कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ तथा किशोर महतो, करन केसी, आदील आलम र बसिर एहमदले १/१ विकेट लिए।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

क्यानडामा सिरिज खेलेर नेपाली टोली उतैबाट नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित आईसीसी विश्वकप लिग–२ त्रिदेशीय सिरिज खेल्न स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]