आइसीसी उपाध्यक्ष ख्वाजासंग सिलवालको भेट, क्यान साधारणसभा १ साता पछि सर्यो

असोज ३ र ४ गरे हुने भनिएको नेपाल क्रिकेट संघको विशेष साधारणसभा १ साता पछि सरेको छ।

राष्ट्रिय खेलकुद परिषदले आफुलाई जानकारी नगरी निर्वाचन घोषणा गरेको तथा २१ दिने म्याद नदिई साधारणसभा घोषणा गरेको भन्दै अड्को थाप्दा साधारणसभा अन्योलमा परेको थियो।

विवाद समाधान गर अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आइसीसी ) को उपाध्यक्ष इमरान ख्वाजा, अमर शेख नेपाल आएपछि सोमबार राखेप सदस्य सचिव रमेश सिलवालसंग वार्ता गरेका थिए। वार्ता पछि अब असोज १० र ११ गते विशेष साधारणसभा हुने नयाँ मिति तोकिएको हो।

International Cricket Council , Cricket Association of Nepal
International Cricket Council , Cricket Association of Nepal Logo

अब आईसीसी प्रतिनिधि समेत रहेको स्वतन्त्र टोलिले राखेपसंग अनुमति माग्नेछ जसपछि मात्र स्वतन्त्र टोलिले निर्वाचन गराउनेछ।

निर्वाचन पछि नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाउनेछ जसपछि आईसीसीको अक्टोबरमा बस्ने बैठकले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गर्ने बताएको छ।

अब नेपाली क्रिकेटले फड्को मार्नेछ – सिलवाल 

आइसीसी प्रतिनिधिसंगको बैठक पछि राखेप सदस्यसचिव रमेश सिलवालले नेपाली क्रिकेटले अब फड्को मार्ने बताएका छन्।

“मेरो अनुरोधमा आईसीसीका बोर्ड सदस्य इमरान ख्वाजा र अमर शेख नेपाल आउनुभएको हो । उहाँहरुसँगको वान टु वान वार्ता निकै सकारात्मक भएको छ । मुख्यतः हामीले चार विषयमा छलफल गरेका छौं । अब नेपाली क्रिकेटले फड्को मार्नेछ ।” बाह्रखरीसंगको कुराकानीमा सिलवालले बताए।

“निर्वाचनको मिति तय भइसकेको छ । निर्वाचनलाई स्वतन्त्र, पारदर्शी र निष्पक्ष ढंगले अगाडि बढाउन दुवै पक्षबाट प्रतिबद्धता पनि आएको छ ।”

“यो वर्षभित्र नै क्रिकेटका लागि केही सकारात्मक जानकारी आउने लक्षण आईसीसीले देखाएको छ । मैले केही अनुरोध गरेपछि उहाँहरुले यस्तो लक्षण देखाउनु भएको छ । यसले क्रिकेटले फड्को मार्छ भन्ने विश्वास लिएको छ । नेपालले अहिलेको भन्दा अझै ठूला प्रतियोगिता खेल्ने विषयमा कुरा भएको छ,”

 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]