क्यान-खेलाडी विवाद समाधानतर्फ, अनुशासनको कारवाही फिर्ता गर्न क्यान तयार

नेपाल क्रिकेट संघ कारवाहीमा परेका ज्ञानेन्द्र मल्ल सहितको चार खेलाडीलाई गरेको अनुशासनको कारवाही फिर्ता गर्न तयार भएको छ। तर कप्तान परिवर्तनको निर्णय भने क्यान पछि नहट्ने भएको छ।

क्यानले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरे बमोजिम खेलाडी आचार संहिता उल्लङ्घन गरेको भन्दै क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो । यस्तै क्यानले सन्दिप लामिछानेलाई कप्तान समेत नियुक्त गरेको थियो।

टि-२० विश्वकप छनोट प्रतियोगिताको लागि क्यानले ३० जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। कारवाहीमा परेका ज्ञानेन्द्र मल्ल सहित उनीहरुको समर्थनमा कुल १४ जना खेलाडीहरु सम्पूर्ण कारवाही फिर्ता लिनु पर्ने माग सहित बन्द प्रशिक्षणमा सहभागिता नजनाउने भन्दै क्यानलाई इमेल गरेका थिए। उनीहरुले कप्तान परिवर्तन लगायत चार खेलाडीलाई ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा लगाइएको प्रतिबन्ध फिर्ता हुनु पर्ने माग राखेका थिए जुन माग पुरा भए मात्र बन्द प्रशिक्षणमा सहभागी हुने बताएका थिए। क्यानले कप्तान परिवर्तन बाहेक अन्य निर्णयमा पछि हट्न तयार नभएको बताएको थियो भने खेलाडीहरु सम्पूर्ण निर्णय परिवर्तन गर्नुपर्ने पक्षमा थिए। दुवै पक्ष आफ्नो अडानमा लचिलो हुँदा विवाद सहमतिको बाटोमा पुगेको हो।

आइतबार ज्ञानेन्द्र मल्लसंग क्यानका अध्यक्ष चतुर बहादुर चन्द, प्रशिक्षक पुबुदु दासानायेके, कोषाध्यक्ष रोशन कुमार सिंह र क्यानका कार्यवाहक सचिव प्रशान्त मल्ल वार्तामा बसेको थियो। वार्तामा क्यान अध्यक्ष चतुर बहादुर चन्दले मल्ललाई बन्द प्रशिक्षणमा सहभागी हुन तथा राष्ट्रको लागि खेल्न आग्रह गर्दै क्यान कप्तानी बाहेक अनुशासनको कारवाहीको निर्णय फिर्ता गर्न तयार रहेको बताएका थिए। प्रशिक्षक पुबुदुले समेत मल्ललाई सोहि अनुरोध गर्दै अभ्यासमा सहभागी हुन आग्रह गरेका थिए।

क्यानको आग्रहमा मल्ल सकारात्मक रहेको तर अन्तिम निर्णय अन्य खेलाडीहरुसंग छलफल पछि मात्रै दिने बताएको क्यान श्रोतले जानकारी गराएको छ। उनले आइतबार राति अथवा सोमबार सम्म निर्णय दिने बताएका छन्। मल्लले कप्तानीको निर्णय पनि परिवर्तन गर्नुपर्ने माग राखेका थिए जसमा क्यान पछि नहट्ने स्पस्ट पारेको थियो। अध्यक्ष चन्दले कप्तानको निर्णय परिवर्तन नहुने र भविष्यमा प्रदर्शनको आधारमा कप्तानी पुनः परिवर्तन गर्न सकिने बताएका थिए। अहिलेको लागि सन्दिप लामिछानेनै कप्तान हुने कुरामा क्यान अडिग रहेको हो।

कारवाहीमा परेका मल्ल सहित दिपेन्द्र ऐरी, सोमपाल कामि, कमल सिंह ऐरी लगायत बिनोद भण्डारी, अविनाश बोहरा, बिक्रम सोब, कुशल भुर्तेल, करन केसी, सन्दिप जोरा, नन्दन यादव, सुशन भारि, रोहित पौडेल आइतबार सम्म बन्द प्रशिक्षणमा सहभागी हुन पुगेका थिएनन्।

नेपाली क्रिकेट टिमको सोमबार बिहान १० बजे देखि टियु क्रिकेट मैदान कीर्तिपुरमा बन्द प्रशिक्षण सुरु गर्नेछ।

घोषित ३० सदस्यीय प्रारम्भिक टिम : सन्दिप लामिछाने ( कप्तान ), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामि, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप जोरा, अविनाश बोहरा, सुशन भारि, पवन सर्राफ, बिक्रम सोब, भिम शार्की, रोहित पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, बिबेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]