मुख्य प्रशिक्षकका लागि क्यानले खुलायो आवेदन

२०७९ पुष २६, मंगलवार ०८:१७

नेपाल क्रिकेट सङ्घ (क्यान)ले रिक्त रहेको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । क्यानले आइतबार राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुलाएको हो ।

क्यानले नेपाली टिमको प्रशिक्षक बन्नका लागि ईसीबीरसीए लेभल थ्री वा सो सरह र कम्तीमा पाँच वर्ष प्रशिक्षणको अनुभव हुनुपर्ने जनाएको छ ।

यसअघि मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली टिमको जिम्मेवारी छोडेपछि राष्ट्रिय टिमको प्रशिक्षण रिक्त बनेको थियो ।

यसै वर्षको साउनमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका प्रभाकरले मंसिर २९ गते जिम्मेवारी छोडेका थिए । क्यानसँग एक वर्षको सम्झौता गरेपनि प्रभाकरले चार महिनामै नेपाली टिमको जिम्मेवारी छोडेका थिए ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy