क्यान प्रदेश-२ ले खेलाडिहरुको कोरोना बिमा गर्ने

प्रादेशिक क्रिकेट संघ, प्रदेश नं. २ ले शनिवार अनलाईन अन्तर्क्रिया गर्दै बिभिन्न निर्णयहरु गरेको छ। प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगतको अध्यक्षतामा सम्पन्न अन्तर्क्रिया नेपाल क्रिकेट संघका कोषाध्यक्ष एवं प्रदेश सदस्य रोशन सिंहको प्रमुख आतिथ्यता तथा नेपाल क्रिकेट संघकै सदस्यद्धय माधव कर्मचाय र दाउद अन्सारीको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

अन्तर्क्रियामा प्रदेशले समसामायिक बिषयमा छलफल गर्दै हाल प्रत्यक्ष रुपमा गरिने क्रियाकलापहरु नभएकोले अप्रत्यक्ष रुपमा गरिने क्रियाकलापहरुलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

हाल बिश्वभर बिकराल रुप लिएको कोरोनाबाट सुरक्षाको लागि प्रदेशका सम्पुर्ण खेलाडिहरुलाई सुरक्षाका उपायबारे जानकारी गराउदै प्रदेशका नियमित पुरुष तथा महिला खेलाडिहरुको कोभिड बिमा गर्ने निर्णय गरेको छ। प्रदेश मातहतमा रहेका सम्पुर्ण ८ जिल्लाकै नियमित खेलाडिहरुको कोभिड बिमा अनिवार्य गर्न जिल्ला क्रिकेट संघहरुलाई निर्देशन दिने समेत निर्णय भएको जानकारी प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी गराउनु भएको छ ।

त्यसै गरि अवस्था सामान्य भई यातायात संचालनमा आउनासाथ प्रदेश स्तरीय पहिलो स्तरको ( ‘ओ’ लेभलको ) अम्पायर तथा स्कोरिंग तालिमको आयोजना गर्ने जिम्मेवारी सप्तरी क्रिकेट संघलाई दिने समेत निर्णय भएको छ। यस्तै प्रदेशका न्युन आए भएका तथा कोभिडका कारणले जिविकोपार्जन गर्न कठिनाई भएका खेलाडिहरुको नामावली संकलन गरि प्रदेशमा पेश गर्ने जिम्मेवारी प्रदेशका सदस्य सुभाष जयसवाललाई दिएको छ ।

हाल दुवै किडनी खराब भएका तथा कोरोनाले समेत ग्रसित खेलाडि कुन्दन सिंह बचाउ अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिदै कुन्दन सिंहलाई किड्नी दाता पाए पश्चात प्रत्यारोपणको लागि आवश्यक सहयोगको लागि समेत प्रदेशले पहल गर्ने समेत निर्णय भएको श्रेष्ठले जानकारी गराउनु भएको छ ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]