- विकेटनेपाल बैशाख ६ – बिहिबार
निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बनाएको सल्लाहकार समितिले संसोधन गरेको बिधान जस्ताको तस्तै पारित गरेको छ ।
बिहिबार काठमाण्डौमा बहेको बिशेष साधारणसभाले आफुहरुले भनेजस्तै बिधान बनेकाले पारित गरिएको जनाएको छ । सल्लाहकार समितिले बिबादास्पद रहेका बुँदाहरुलाई हटाएर नयाँ बिधान तयार पारेपछि आगामी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को जुन महिनामा हुने साधारणसभाबाट क्यानको निलम्बन फुकुवा हुन सक्ने सम्भावना बढेको छ।
के थियो बिबादास्पद बुँदा:
यसअघिको विधानमा रहेको पुरानो कार्यसमितिका १७ जना र राखेपका ७ जनाले नि: सर्त भोट हाल्न पाउने र उनीहरु उम्मेदवार पनि हुन पाउने व्यवस्था रहेकोमा अब उनीहरुले मताधिकार पाउन र उम्मेदवार जिल्ला स्तरदेखि नै प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थासहितको विधान पारित भएको छ ।
साथै यसअघि रहेको ७ सदस्यीय अनुमगन टोलि बनाउने भनिएकोमा अब नयाँ पारित भएको बिधानमा ५ सदस्यीय अनुगमन टोलि बन्ने जसमा ३ जना आइसीसी प्रतिनीधि, १ जना निर्वाचित क्यान पदाधीकारी र १ जना रास्ट्रीय खेलकुद परिषदको प्रतिनिधि रहने उल्लेख गरिएको छ ।
के गर्ने छ त अनुगमन टोलिले:
५ जनाको अनुगमन टोलीले ३९ जिल्लामा रहेको क्रिकेट संघमध्ये यसअघि निर्बाचन भएका ३७ जिल्लामा बिधानसम्बत भएको-नभएको हेर्ने छ जसमा प्रक्रिया पुगेको अवस्थामा सदर हुनेछ भने कतै बिबाद रहेको अवस्थामा पुनः निर्वाचन हुने छ। साथै निर्वाचन नभएका काठमाण्डौ र ललितपुरमा नयाँ निर्वाचन हुनेछ।
सबै ३९ जिल्लामा बिधानसम्बत बिना बिबाद निर्वाचन सम्पन्न भएपछी सातै प्रदेशको निर्वाचन हुने छ। जसपछी क्यानको निर्वाचन गरिने छ।क्यानको निर्वाचन सम्पन्न भएपछी आइसीसीले निलम्बन फुकुवाको प्रकृया अगाडी बढाउने छ ।