क्यानको बिशेष साधारण सभा सुरु

  • विकेटनेपाल, ६ भदौ 

नेपाल क्रिकेट संघ ( क्यान ) को बिशेष साधारण सभा काठमाडौँमा सुरु भएको छ l

काठमाडौँ भिमसेन गोलामा जारि साधारणसभाको एजेन्डा आईसीसीद्वारा गठित सल्लाहकार समितिबाट पास भएको नयाँ बिधान हुनेछ l

आईसीसीको पदाधिकारीहरु साउन पहिलो साता काठमाडौँ आएको बखत सल्लाहकार समितिले बिधानबारे विवाद टुंग्याएपछि साधारण सभालाई जिम्मा लगाएको थियो l

आइसीसीले त्यसबेला विवाद टुंग्याउन भदौ १० सम्मको म्याद दिएको थियो जुन मितिभित्र बिधानको टुंगो नलागे आईसीसीले छुट्टै प्रक्रियामा जाने बताएको थियो l त्यसै हिसाबले महत्वपूर्ण रहेको यो साधारणसभाले बिधानलाई यही अवस्थामा पारित नगरेको खण्डमा आईसीसीले नेपाल क्रिकेट संघको सदस्यता खारेज गर्ने खतरा रहेको छ l

२०७३ साल बैशाखमा आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो l संघ निलम्बित हुँदै आईसीसीबाट पाउने बजेट रोकिएको छ भने घरेलु क्रिकेट प्रतियोगिता हुन पाएको छैन भने खेलाडीहरुको प्रशिक्षणलाई पनि सिधा असर गरेको छ l

 





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]