क्यानको साधारण सभा स्थगित

नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानले एक विज्ञप्ती जारी गर्दै धनगढीमा पुस १४ र १५ गते गर्ने तय भएको साधारण सभा स्थगित गरेको जनाएको छ ।

क्यनले संघमा आवद्ध ३९ जिल्लाहरु मध्ये चार वर्षे कार्यकाल पूरा भएका केही जिल्लाबाट जिल्ला अधिवेशन पश्चात मात्र केन्द्रीय साधारण सभा गर्नको लागि अनुरोध गरिएकोले साधारण सभा स्थगित गरिएको पनि उल्लेख गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग समेत समन्वय गरी आगामी बोर्ड बैठकबाट साधारण सभाको नयाँ मिति तय गरिने समेत विज्ञप्तीमा उल्लेख छ ।

यसअघि क्यानका ६ जना बोर्ड सदस्यले वार्षिक साधारण सभा रोक्न भन्दै उजुरी दर्ता गरेका थिए । क्यानका सदस्यहरु अमितविर पाण्डे, ऋषिराम गौतम, मोहम्मद दाउद अन्सारी, करण महतरा, सञ्जयराज सिंह र छुम्बि लामाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वार्षिक साधारण सभा रोक्न माग गरेका थिए ।

साधारण सभा रोक्न उजुरी परेपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाअध्यक्ष रोशन सिंह, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र केन्द्रिय सदस्य दुर्गाराज पाठकले युवा तथा खेलकुद मन्त्री मरेश्वरजंग गहतराजसँग छलफलगरी हाललाई साधारण सभा स्थगित गर्ने निर्णय गरेको पनि बताईएको छ ।

( साभार – गोरखापत्र )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy