क्यानको साधारणसभा स्थगित, महिला क्रिकेटरहरुको पनि कोरोना बिमा

नेपाल क्रिकेट संघले भदौ दोश्रो साता गर्ने भनेको साधारण सभा अनिश्चितकालको लागि स्थगित गर्ने निर्णय गरेको छ।

मंगलबार प्रेस विज्ञप्तिमार्फत क्यानले कोरोना महामारीको कारण यस्तो निर्णय गर्नु परेको बताएको छ। कोरोना पछि स्थिति सामान्य भएको खण्डमा साधारणसभाको नयाँ मिति सार्वजनिक गरिनेछ। गत वर्ष नेपाल क्रिकेट संघको पुनर्गठन भएसंगै साउनमा बसेको बैठकले यो वर्ष भदौमा साधारणसभा गर्ने निर्णय गरेको थियो।

महिला राष्ट्रिय क्रिकेटरको पनि कोरोना बिमा 

गत साता २३ पुरुष राष्ट्रिय क्रिकेटरहरुको कोरोना बिमा गरेको क्यानले महिला राष्ट्रिय क्रिकेटरहरुको समेत बिमा गरेको छ।

१८ जना महिला क्रिकेटरको बिमा गरिएको क्यानले बिज्ञप्तिमार्फत बताए पनि नाम भने सार्वजनिक गरिएको छैन। पुरुष क्रिकेटरहरुको पनि नाम क्यानले सार्वजनिक गरेको थिएन। क्यानले खेलाडी बाहेक ग्राउण्डस्टाफ तथा क्यानका कर्मचारीहरुको समेत गरि कुल ६९ जनाको बिमा गरेको जानकारी गराएको छ।

कोरोनाका कारण आईसीसीले नेपालले खेल्ने विश्व कप लिग-२ को खेलहरु यो वर्ष नगर्ने बताए पछि राष्ट्रिय टिमले अभ्यास सुरु गरेको छैन। यस अघि भदौ १ गते बाट अभ्यास सुरु गर्ने बताए पनि आईसीसीको सूचना पछि स्थगित भएको थियो। अब राष्ट्रिय टिमले कहिले अभ्यास सुरु गर्नेछ क्यानले जानकारी गराएको छैन। नेपाली राष्ट्रिय टिमले अन्तिम पटक मार्चमा थाइल्याण्डमा एसीसी टि-२० ( इस्टर्न रिजन ) प्रतियोगिता खेलेको थियो।

सम्बन्धित :- 

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/

https://wicketnepal.com/can-50-players-corona-wn20/

https://wicketnepal.com/nep-wc-l-2-wn20-practice-postponed-wn20/

यो पनि पढ्नुस :-

https://wicketnepal.com/jamaika-4th-vs-gyana-wn20-prev/

https://wicketnepal.com/ashwin-mankad-controversy-free-ball-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/

https://wicketnepal.com/sandeep-credit-to-mujeeb-wn20/

https://wicketnepal.com/sandeep-n-rec-in-int-t20-leag-wn20/





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]