क्यानको साधारणसभा भर्चुअल हुने

cricket association of nepal

नेपाल क्रिकेट संघ क्यानको साधारण सभा भर्चुअल रुपमा हुने भएको छ । पछिल्लो पटक क्यानका दुई जना शीर्ष पदाधिकारीमा कारोना पोजेटिभ देखिएपछि असोजको २८ गते गर्ने भनिएको साधारण सभा अब जुमबाट गरिने भएको हो ।

भैरहवामा गर्ने भनिएको सो साधारण सभा अब भौतिक रुपमा जमघट हुने सम्भावना कम भएको भन्दै जुमको प्रयोगबाट गरिने भएको छ । त्यो साधारण सभा अगाडी क्यानले खेलाडीको वर्गीकरण परिमार्जन गर्नका लागि कार्यसमितीको बैठक राख्ने भएको छ ।

चितवनमा असोज ६ गते बसेको बैठकले असोजको अन्तिमममा साधारण सभा गर्ने निर्णय गरेको थियो । क्यानका अध्यक्ष चन्दले खेलाडी परिमार्जनका लागि सबै कुरा भइसकेको र अब कार्यसमितीको बैठकले निर्णय गर्न बाँकी रहेको बताउनुभयो ।

साधारण सभाका लागि राष्ट्रिय खेलकुद परिषद, आइसीसी लगायतलाई पत्र पठाइसकेकोले भर्चुअल भएपनि साधारण सभा गरिने अध्यक्ष चन्दले जानकारी दिनुभयो । क्यानले खेलाडीको जीवन बीमाका लागि तीन जनाको समिती बनाएको छ ।

क्यानको असोज ६ को बैठक पछि अध्यक्ष चतुर बहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेल कोरोना संक्रमित भएका थिए। 

( साभार – रेडियो नेपाल )

राष्ट्रिय क्रिकेटर भण्डारी अस्पतालबाट डिस्चार्ज

प्रशिक्षक पोन्टिङले बताए पृथ्वी शको आक्रामक लयको कारण

को हुन् भुवनेश्वरलाई प्रतिस्थापन गर्ने बलर जसले गत सिजन वार्नरको विकेट लिएका थिए

लिगबाटै बाहिरिएका अमित मिश्राको प्रतिक्रिया – “सोचेकै थिईन, चोट यति गम्भीर हुनेछ”

IPL : ताजा अंकतालिका, रबाडालाई पर्पल क्याप, अरेन्ज क्याप दौडमा को-को छन्





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]