क्यानको साधारणसभा भर्चुअल हुने

नेपाल क्रिकेट संघ क्यानको साधारण सभा भर्चुअल रुपमा हुने भएको छ । पछिल्लो पटक क्यानका दुई जना शीर्ष पदाधिकारीमा कारोना पोजेटिभ देखिएपछि असोजको २८ गते गर्ने भनिएको साधारण सभा अब जुमबाट गरिने भएको हो ।

भैरहवामा गर्ने भनिएको सो साधारण सभा अब भौतिक रुपमा जमघट हुने सम्भावना कम भएको भन्दै जुमको प्रयोगबाट गरिने भएको छ । त्यो साधारण सभा अगाडी क्यानले खेलाडीको वर्गीकरण परिमार्जन गर्नका लागि कार्यसमितीको बैठक राख्ने भएको छ ।

चितवनमा असोज ६ गते बसेको बैठकले असोजको अन्तिमममा साधारण सभा गर्ने निर्णय गरेको थियो । क्यानका अध्यक्ष चन्दले खेलाडी परिमार्जनका लागि सबै कुरा भइसकेको र अब कार्यसमितीको बैठकले निर्णय गर्न बाँकी रहेको बताउनुभयो ।

साधारण सभाका लागि राष्ट्रिय खेलकुद परिषद, आइसीसी लगायतलाई पत्र पठाइसकेकोले भर्चुअल भएपनि साधारण सभा गरिने अध्यक्ष चन्दले जानकारी दिनुभयो । क्यानले खेलाडीको जीवन बीमाका लागि तीन जनाको समिती बनाएको छ ।

क्यानको असोज ६ को बैठक पछि अध्यक्ष चतुर बहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेल कोरोना संक्रमित भएका थिए। 

( साभार – रेडियो नेपाल )

राष्ट्रिय क्रिकेटर भण्डारी अस्पतालबाट डिस्चार्ज

प्रशिक्षक पोन्टिङले बताए पृथ्वी शको आक्रामक लयको कारण

को हुन् भुवनेश्वरलाई प्रतिस्थापन गर्ने बलर जसले गत सिजन वार्नरको विकेट लिएका थिए

लिगबाटै बाहिरिएका अमित मिश्राको प्रतिक्रिया – “सोचेकै थिईन, चोट यति गम्भीर हुनेछ”

IPL : ताजा अंकतालिका, रबाडालाई पर्पल क्याप, अरेन्ज क्याप दौडमा को-को छन्

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy