क्यानले साधारणसभा गर्ने

  • विकेटनेपाल, बैशाख ४ 

यही बैशाख ६ र ७ गते नेपाल क्रिकेट संघको साधारण सभा हुने भएको छ। राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचित कमिटिले क्यानको निलम्बन फुकुवा गर्न लचकता अपाउने बताएको छ।

https://youtu.be/P68qnuyzLwE

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले साधारण सभाले क्यान विवाद समाधान गर्ने जसको लागि विवादसंग सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्। गत भदौमा क्यानले गरेको साधारणसभाबाट पारित गरेको बिधानलाई आईसीसीले नमानेपछि पुनः साधारणसभा हुन लागेको हो। महासचिब प्याकुरेलले आईसीसीले बताए अनुरुपनै बिधानको मस्यौदा तयार गरेकोले अब क्यानको प्रतिबन्ध फुकुवा हुनेमा ढुक्क रहेको बताएका छन्।

भदौको साधारणसभामा १७ जना सदस्यले स्वतः निर्वाचन साधारणसभामा भाग लिन पाउने तथा रास्ट्रिय खेलकुद परिषदका ७ जना पदाधिकारीहरु बिना मताधिकार साधारणसभामा रहन पाउनुपर्ने ब्यबस्था गरेको थियो जसलाई आईसीसीले मानेको थिएन। प्याकुरेलले क्यानले गर्ने चुनावमा आईसीसीले निगरानी गर्न कमिटि गठन गर्ने जसमा आईसीसीको ३ जना, क्यानको १ जना तथा रास्ट्रिय खेलकुद परिषदको १ जना सदस्य रहने बताएका छन्।

https://youtu.be/dFmbwk5XS7g

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy