क्यानले साधारणसभा गर्ने

  • विकेटनेपाल, बैशाख ४ 

यही बैशाख ६ र ७ गते नेपाल क्रिकेट संघको साधारण सभा हुने भएको छ। राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचित कमिटिले क्यानको निलम्बन फुकुवा गर्न लचकता अपाउने बताएको छ।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले साधारण सभाले क्यान विवाद समाधान गर्ने जसको लागि विवादसंग सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्। गत भदौमा क्यानले गरेको साधारणसभाबाट पारित गरेको बिधानलाई आईसीसीले नमानेपछि पुनः साधारणसभा हुन लागेको हो। महासचिब प्याकुरेलले आईसीसीले बताए अनुरुपनै बिधानको मस्यौदा तयार गरेकोले अब क्यानको प्रतिबन्ध फुकुवा हुनेमा ढुक्क रहेको बताएका छन्।

भदौको साधारणसभामा १७ जना सदस्यले स्वतः निर्वाचन साधारणसभामा भाग लिन पाउने तथा रास्ट्रिय खेलकुद परिषदका ७ जना पदाधिकारीहरु बिना मताधिकार साधारणसभामा रहन पाउनुपर्ने ब्यबस्था गरेको थियो जसलाई आईसीसीले मानेको थिएन। प्याकुरेलले क्यानले गर्ने चुनावमा आईसीसीले निगरानी गर्न कमिटि गठन गर्ने जसमा आईसीसीको ३ जना, क्यानको १ जना तथा रास्ट्रिय खेलकुद परिषदको १ जना सदस्य रहने बताएका छन्।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]