क्यानको साधारणसभा स्थगित

cricket association of nepal

नेपाल क्रिकेट संघ (क्यान)ले असोज २८ गतेका लागि तोकिएको साधारण सभा स्थगित गर्ने भएको छ ।

कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारण सभा स्थगित गर्ने भएको हो । चितवनको सौराहामा असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको थियो ।

बैठकले पहिलो पटक महिला खेलाडीलाई केन्द्रिय सम्झौतामा अनुबन्धन गर्दै घरेलु क्रिकेट प्रतियोगिताको तालिका सार्वजनीक गरेको थियो । तर, खेलाडी वर्गीकरण पारदर्शी र वैज्ञानिक नभएको भन्दै आलोचना भएपछि क्यानले खेलाडी वर्गीकरणलाई पुनर्विचार गर्ने निर्णय गरेको थियो । क्यानले मंसिर १५ भित्र वार्षिक साधारण सभा सक्ने गरी असोज २८ गतेको तयारी स्थगित गर्ने निर्णय गरेको हो ।

गत वर्ष असोज ११ गते निर्वाचनमार्फत क्यानको नयाँ कार्यसमिति आएपनि वार्षिक साधारण सभा सम्पन्न गर्न सकेको छैन । चैतमा कोरोना कहर सुरु भएसगै क्यानको वार्षिक कार्यक्रम सहित साधारणसभा अनिश्चित बन्दै आएको छ ।

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्यापमा को-को छन् अघि

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्यापमा को-को छन् अघि

सिद्धार्थ रङ्गशाला १० वर्षमा १० प्रतिशत काम

IPL : हैदरावादसंग खेलपछि तेवतियाले कसलाई ठड्याए औंला, जान्नुस विवादको कारण

रोमान्चक खेलमा दिल्लीलाई पराजित गर्दै मुम्बई शिर्षस्थानमा





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]