सोमपालले क्यानडामा लिग खेल्ने

२०७९ फाल्गुन २८, आईतवार ०७:०७

काठमाडौँ । नेपाली क्रिकेटर सोमपाल कामीले आगामी जुनमा हुने क्यानडाको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

तीव्र गतिका बलर कामीले क्यानडामा आयोजना हुने फ्लावर सिटी टी-ट्वान्टी लिग २०२३ खेल्ने भएका हुन्।

सो लिगमा कामी ओटावा फाल्कोनमा आबद्ध भएका छन् ।

सोमपाल आबद्ध टोलीमा वेस्ट इण्डिजका विकेट किपर चाडविक वाल्टन लगायतका खेलाडी आबद्ध रहेका छन् ।

लिगमा फल्कोन सहित टोरन्टो लायन्स,वाटरलोड किंग्स,ह्यामील्टन वन्डर्स,मिस्सिसौगा स्कोरपियन्स र ब्राप्टन राईट्सको सहभागिता रहने छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy