खुसिको खबर, क्यान विवादले लियो समाधानको बाटो ( बिज्ञप्ति सहित )

  • विकेटनेपाल, असोज २८ 

नेपाल क्रिकेट संघ ( क्यान ) को विवादले समाधानको बाटो लिएको छ। शनिबार नेपाल क्रिकेट संघले प्रेस बिज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई फिर्ता लिने प्रक्रिया अघि बढाउने जनाएपछि विवादले नयाँ मोड लिएको हो।

जारि बिज्ञप्तिमा मुद्धा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न कार्तिक १० गते क्यान निर्वाचित समितिको बोर्ड बैठक बोलाएको र क्यानको यो प्रयासले नेपाली क्रिकेट निलम्बन फुकुवाको प्रक्रिया अझ सहज हुने बिश्वास ब्यक्त भएको छ।

संघले नेपाली क्रिकेटलाई निलम्बनबाट मुक्त बनाउने प्रक्रिया अब अन्तिम चरणमा पुगिसकेको र यो अवस्थामा सरोकारवाला सबैलाई सहयोग गर्न समेत अनुरोध गरेको छ।

cricket association of nepal
Cricket Association of Nepal

नेपाल क्रिकेट संघले ४ बर्ष अघि साधारणसभामा चतुरबहादुर चन्दलाई अध्यक्ष चुनेको थियो जसलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको थिएन। त्यसपछि परिषदले रमेश शिलवाललाई अध्यक्ष अध्यक्ष बनाएर क्यानको अर्को तदर्थसमिति बनाएको थियो। त्यसको बिरुद्ध निर्वाचिन क्रिकेट संघले २०७२ मङ्सिरमा सर्वोच्च अदालतमा मुद्दा हालेको थियो जुन अझै विचाराधीन रहेको छ।

आईसीसीले राखेप र क्रिकेट संघ दुवैलाई विचाराधीन मुद्दा फिर्ता लिन पत्र पठाएको थियो।

क्यान द्वारा जारि बिज्ञप्ति 

मिती २०७५∕०६∕२७ , प्रेस बिज्ञप्ति

पत्रकार साथीहरू,

पछिल्लो झन्डै साढे दुई वर्ष यता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बन मुक्त हुने प्रकृया अन्तिम चरणमा पुगेको यहाहरू सबैलाई जानकारी नै छ।

नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रयासमा हामी सधै जिम्मेवार र सहयोगी भुमिकामा प्रस्तुत भईनै रहेका छौं । हामी सुरुवातबाटनै आईसीसीले गठन गरेको सल्लाहकार समूह र मोनिटरीङ कमिटीमा सहभागी भएर मात्रै हैन, आईसीसी र अन्य सरोकारवालाहरूले भने झै परिमार्जित बिधानलाई बिशेष साधारण सभाबाट हुबहु पारीत गरेर नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रकृयामा सहयोग पुर्याईरहेका छौं।

हाम्रै जिम्मेवारीपूर्ण र रचनात्मक सहयोगका कारणनै पुरानो बिधानलाई शंसोधन गरी शंसोधितबिधानअनुसार जिल्ला निर्वाचन समेत सम्पन्न भईसकेको अवस्था छ। हाल परिमार्जित बिधानअनुसार गठन भएको पाँच सदस्यीय मोनिटरीङ कमिटीले जिल्ला निर्बाचनकोअध्ययन गरिरहेको छ। मोनिटरीङ समितीले आफ्नो प्रतिबेदन बुझाएपछि सम्पन्न हुने प्रदेश र केन्द्रको निर्बाचनसँगै आईसीसीले क्यानमाथीकोको निलम्वन फुकुवा गर्ने हाम्रो विश्वास छ।

यही सन्दर्भमा हामीले यस अघि सम्मानित सर्बोञ्च अदालतमा दायर गरेकोको मुद्धाको सम्बन्धमा पनि केही चासो ब्यक्त भएका छन्। आईसीसीबाट समेत यस सम्बन्धमा चासो ब्यक्त भएको हुँदा हामीले यस अघि आईसीसी र अन्य सरोकारवाला ब्यक्ति र निकायसँगको छलफलमा गरेको प्रतिबद्धताअनुसार सम्मानित सर्बोञ्च अदालतमा बिचाराधिन अवस्थामा रहेको मुद्धालाई फिर्ता लिने प्रकृया अघि बढाएका छो।

यस सम्बन्धमा कानुनी र ब्यवहारीक प्रकृया बारे छलफल गरी मुद्धा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न हामीले यही कात्तिकको १० गते क्यान निर्बाचित समितीको बोर्ड बैठक बोलाएका छौं। विश्वास छ, हाम्रो यो प्रयासले नेपाली क्रिकेटको निलम्बन फुकुवाको प्रकृया अझ सहज हुनेछ।

हामी नेपाली क्रिकेटलाई निलम्बनबाट मुक्त बानाउँने प्रकृया अन्तिम चरणमा पुगिसकेको अवस्थामा सरोकारवाला सबैलाई सहयोगी भुमिका निर्बाह गरिदिन अनुरोध गर्दछौ।

धन्यबाद,

दीवाकर घले , उपाध्यक्ष
नेपाल क्रिकेट संघ





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]