क्यानडाद्वारा अमेरिका सामू १९५ रनको लक्ष्य

२०८१ जेष्ठ २०, आईतवार ०७:५८

काठमाडौं । आजबाट अमेरिका र वेस्ट इन्डिजमा सुरु भएको नवौं संस्करणको आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १ सय ९५ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनायो ।

क्यानडाका लागि निकोलस किर्टन र नवनित धालीवालले अर्धशतक बनाए । धालीवालले ४४ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६१ रन बनाए । किर्टनले ३१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । श्रेयश मोभ्भाले १६ बलमा अविजित ३२ तथा ओपनर आरोन जोनसनले १६ बलमा २३ रन बनाए ।

अमेरिकाका लागि अलि खान, कोरि एन्डरसन तथा हरमित सिंहले समान एक एक विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy